• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
ईतिहास रच्दै आठौं राष्ट्रिय खेलकुद सम्पन्न
हिम बिक्रम केसी
बिहीबार, वैशाख १२, २०७६ हिम बिक्रम केसी
ईतिहास रच्दै आठौं राष्ट्रिय खेलकुद सम्पन्न

बाँके । गण्डक प्रदेशनमा भेट्ने बाचा गर्दै आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समापन भएको छ । बुधबार बाँकेको नेपालगञ्ज रंगशालामा एक समारोहकाबीच कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुनले आठौं राष्ट्रिय खेलकुदको समापन गरेका थिए ।

समारोहमा मन्तव्य राख्दै कार्यबहाक राष्ट्रपति पुनले नवौं राष्ट्रिय खेलकुदको तयारीमा आजैबाट लाग्न सुझाएका थिए । उनले पुर्वाधारको निर्माण पुरा नहुँदै हुने राष्ट्रिय खेलकुद बारे आफु जानकार रहेको भन्दै पुर्वाधारको विकास बिना खेलाकुद अघि बढ्न नसक्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुदको समापनसंगै नेपाली खेलकुदले ईतिहास रचेको बताए ।

उनले अठोट र दृढ संकल्प भएका कुनैपनि कठिन काम सम्पन्न गर्न सक्ने उदाहरण आठौं राष्ट्रिय खेलकुद बनेको दोह¥याए ।

समापन मन्तव्य राख्दै राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले विविध समस्याका बाबजुद आठौं राष्ट्रिय खेलकुद सम्पन्न गरेको बताए । राष्ट्रिय खेलकुदलाई सरकारले सागको तयारीको रुपमा समेत लिएको बताउँदै उनले आफुहरुको ध्यान अब सागको तयारीमा केन्द्रित हुने बताए । उनले राष्ट्रिय खेलकुदमा देखिएको कमजोरी गण्डकी प्रदेशमा नदोहरिने बताए ।

प्रदेश ५ का खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले प्रदेश नम्बर ५ ले आठौं आयोजना गरेर नेपाली खेलकुदमा ईतिहास रचेको बताए ।

प्रतियोगिताको बैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेकी थिईन् । प्रतियोगिताका खेलहरु २०७५ साल चैत २७ गतेनै सुरु भएका थिए ।

समापन समारोहमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले गण्डकी प्रदेशका खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा हस्तान्तरण गरेका थिए ।

बुधबार बिहान बसेको राखेपको बोर्ड बैठकले नवौंको संस्करण गण्डकी प्रदेशको पोखरामा गर्ने निर्णय गरेको थियो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ साल फागुन २० देखि २७ सम्म सञ्चालन गर्ने राखेपको निर्णय छ ।
२०७३ सालमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान आठौंको झण्डा मध्यपश्चिमलाई हस्तान्तरण गरिएको थियो । सोही समय नवौं राष्ट्रिय खेलकुद तत्कालिन पश्चिमाञ्चललाई दिने सहमती गरिएको थियो ।
सोही सहमतीमा टेकेर राखेपको बोर्ड बैठकले नवौं संस्करण गण्डक प्रदेशमा गर्ने निर्णय गरेको हो ।

प्रत्येक दुई बर्षमा आयोजना गर्ने लक्ष्यका साथ २०३८ सालबाट सुरु भएको राष्ट्रिय खेलकुद सुरुका तीन संस्करणपछि नियमित हुन सकेको थिएन ।

प्रजातन्त्र पुर्नस्थापनापछि अनियमित बनेको राष्ट्रिय खेलकुकद २०७५ सालमा आएर क्रमभंग बनेको छ । ७३ सालमा सातौं राष्ट्रिय खेलकुद सम्पन्न गरेको राखेपले लगत्तै दुई बर्षमा वृहत राष्ट्रिय खेलकुदको अर्को संस्करण आयोजना गरेर ईतिहास रचेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP