शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

आठौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन

बिहिबार, बैशाख ५, २०७६हिम बिक्रम केसी
आठौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन
Classic Tech Internet Ad

बाँके । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ । बाँकेको नेपालगञ्ज रंगशालामा बिहिबार साँझ एक विशेष कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले दोस्रो पटक राष्ट्रिय खेलकुदको आयोजनाको अवसर पाएकोमा नेपालगञ्जलाई बधाई दिदै आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन भएको घोषणा गरेकी थिईन् ।

सोही अवसरमा खेलकुद मन्त्री जगत विश्वकर्माले वर्तमान सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको भन्दै खेलकुदको समृद्विले मात्र सुखी नेपाली समृद्व नेपालको सरकारको नारा पुरा हुने बताए ।

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार खेलकुदको विकासमा गम्भिर रहेको भन्दै सबै स्थानीय तहमा खेल मैदान बनाउने काम अघि बढेको बताए । खेलकुदको माध्यमबाट प्रदेश पाँच नयाँ ईतिहास रच्न सफल भएको भन्दै उनले सबै सहभागिमा शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगिताको शुभकामना मन्तव्य दिदै राखेप सदस्य सचिव केशवकुमार विष्टले आफुले घोषणा गरे अनुसारको खेलकुदको स्वर्ण युगको सुरुवात भएको बताएका थिए । सिमित स्रोत साधन र आर्थिक अभावकाबीच खेलकुदलले ठुलो सफलता हासिल गरेको उनले उल्लेख गरे ।

निर्धारित समय भन्दा एक घण्टा ढिला सुरु भएको कार्यक्रमको सुरुवातमा सहभागि सात प्रदेश, तीन विभाग, एक एनआरएनए टिम र जज रेफ्रीको समुहले मार्चपास गरेको थियो ।

लगत्तै समारोहमा विभिन्न जात, जाती, भाषा संस्कृतिका झाँकी प्रस्तुत गरिएको थियो ।

उद्घाटन समारोहमा खेलाडीको तर्फबाट युथ ओलम्पियन सोनु भट्टले खेल भावना अनुसार प्रतियोगिता खेल्ने भन्दै शपथ लिएकी थिईन् । त्यस्तै खेलको निर्णयलाई निष्पक्ष गराउने भन्दै निर्णायकको तर्फबाट भारत्तोलनका निर्णायक सम्सुद्विन सिद्विकी सपथ ग्रहण गरेका थिए ।

समारोहको अन्तिममा भारत्तोलन खेलका ओलम्पियन खेलाडी एवं प्रदेश सांसद सुरेन्द्र हमालले ओलम्पिक टर्च प्रज्ज्वलन गरेका थिए ।

आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी छन् ।

प्रतियोगिताको खेलहरु भने चैत २७ गतेबाट नै सुरु भईसकेको छ । र, आठौं अन्तर्गत १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ ।

आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश गरिएको छ । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी भएका छन् ।

आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ ।

प्रतियोगिताको खेलहरु भने चैत २७ गतेबाट नै सुरु भईसकेको छ । र, आठौं अन्तर्गत १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय

Bajaj Pulsar Motorcycle Ad
पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा