• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
आठौं राष्ट्रिय खेलकुद : मन्त्री किन मौन !
खेलपाटी संवाददाता
बिहीबार, वैशाख ५, २०७६ खेलपाटी संवाददाता
आठौं राष्ट्रिय खेलकुद : मन्त्री किन मौन !

बाँके । गत चैत २२ गते युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागि हुन अमेरिका उडेका थिए ।

राष्ट्रसंघले बार्षिक रुपमा आयोजना गर्ने कार्यक्रम युवा नेतृत्वले नीतिगत तहमा गर्न सक्ने योगदानमा केन्द्रित थियो । तर, घरेलु खेलकुदको सबै भन्दा ठुलो महाकुम्भ मेला आठौंको चटारोमा व्यस्त हुनुपर्ने मन्त्री ८ दिन अमेरिका घुमेरै बिताईदिए ।

आठौंका लागि राज्यले एक अर्व रुपैयाँ बढीको खर्च पुर्वाधार निर्माणमा गरेको छ । नेपालगञ्ज, दाङ लगायतका क्षेत्रमा अर्व रुपैयाँ बढीको लगानी छ । प्रजातन्त्र पुर्नस्थापना पछि सधै अनियमित बनेको आठौंले नियमित प्रतियोगिता आयोजना गरेर नयाँ ईतिहास रच्दैछ । तर, यस्तो ऐतिहासिक क्षणमा खेलकुदका मुख्य नेतृत्वकर्ता मन्त्री भने गुमनाम जस्तै छन् ।

गत असोजमा नेपालगञ्जमा प्रतियोगिता मुल आयोजक समितिको बैठक बसालेका मन्त्री एकैपटक चैतको अन्तिम साता निरिक्षणको क्रममा मैदानमा झुल्किएका थिए । पछिल्ला दुई घटनाले आठौं राष्ट्रिय खेलकुदमा मन्त्री विश्वकर्माको निष्कृयता र मौनतालाई धेरै हदसम्म प्रष्ट पार्छ ।

राष्ट्रिय गौरवको खेलकुद प्रतियोगिता नेपालगञ्जमा केन्द्रित छ । तर औपचारिक उद्घाटन दुई दिन अघिसम्म मन्त्री विश्वकर्मा काठमाडौंमै छन् ।

सरकारको ठुलो खेल महोत्सवमा सम्बन्धित विभागकै मन्त्रीको मौनताले घरेलु खेलकुदको आन्तरिक अन्तर विरोधलाई राम्रैसंग उजागड गरेको छ । जसको असर र प्रभाव आठौंको आयोजना देखि व्यवस्थापनसम्म परेको देखिन्छ ।

जस लिने होडबाजी

नेपाली खेलकुदमा मन्त्री र सदस्य सचिवको लडाँई कुनै नयाँ परिघटना होईन । तर आठौंको हकमा भने कसले आयोजना गरेर जस लिने भन्ने बिषय प्रधान बन्दा सदस्य सचिव र मन्त्रीको सम्बन्ध भत्किने अवस्थामा पुगेको हो ।

सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल आगामी असारमा सकिदै थियो । खेलकुद मन्त्री विश्कर्मा नयाँ सदस्य सचिवको नेतृत्वमा आठौं राष्ट्रिय खेलकुद सम्पन्न गर्न चाहन्थे । तर आठौं राष्ट्रिय खेलकुद आफ्नै नेतृत्वमा सम्पन्न गर्ने सदस्य सचिवको अडानलाई मन्त्रीले न त लत्याउन सके, न त स्विकार गर्न नै ।

स्थानीय आयोजक प्रदेश ५ ले समेत सदस्य सचिवको अडानमा खुलेर साथ दिदाँ खेलकुद मन्त्री बैशाखको पहिलो साता मिति तोक्ने बाध्य भए ।

ईगोको समस्या

सदस्य सचिव विष्ट राष्ट्रिय खेलकुद ७५ सालभित्रै सम्पन्न गरेर नयाँ ईतिहास रच्न चाहन्थे । प्रत्येक दुई बर्षमा आयोजना गर्ने लक्ष्य राखिएको राष्ट्रिय खेलकुद ४६ सालको प्रजातन्त्र पुर्नस्थापना पछि नियमित हुन सकेको थिएन । त्यही समयको अनियमिततालाई ‘ब्रेक थ्रु’ गर्ने सदस्य सचिवको योजना थियो ।

७३ सालमा पुर्वाञ्चलमा सातौ राष्ट्रिय खेलकुद सम्पन्न गरेका उनी ७५ सालभित्र प्रतियोगिता सक्न निकै जोड गरेका थिए । सदस्य सचिवको अध्यक्षतामा दुई पटक बसेको कार्यकारी समितिको बैठकमा चैतको २२ गते र चैत २५ गते उद्घाटन गर्न सकिने सुझाव सहितको प्रस्ताव बोर्ड बैठकमा पेश गरेको थियो । अन्तिम समयमा आएर सदस्य सचिव आफैले चैतको २७ गते प्रतियोगिता उद्घाटन गर्न सकिने बताएका थिए ।

सदस्य सचिवको मिसन आठौं २०७५ को लक्ष्यमा अड्को थाप्ने काम खेलकुद मन्त्रीले गरे । ७५ को चैत मसान्तसम्म उद्घाटन गर्ने सदस्य सचिवको प्रस्तावलाई लत्याउँदै मन्त्रीले बैशाख ५ को नयाँ मितिमा निर्णय गराए । रमाईलो कुरा, प्रतियोगिताका धेरै खेल बैशाख ५ अघि सकिनेछन् । तर सदस्य सचिवसंगको ‘ईगो’ले मन्त्रीले प्रतियोगिताको औपचारिक उद्घाटन बैशाखमा राखिदिए, र अमेरिका उडे ।

प्राविधिक रुपमा खेलहरु ७५ सालमै सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन ७६ सालमा मात्र हुने भएको हो । ७५ मै प्रतियोगिता सम्पन्न गरेर जस लिने सदस्य सचिवको सपनामा खेलकुद मन्त्रीले पानी खन्याउने काम गरे ।

पार्टी भित्रको अन्तर संघर्षको प्रभाव

सदस्य सचिवको नियुक्तीसंगै विष्ट चौतर्फी आक्रमणमा परेका थिए । एमालेका खेलकुदका भेट्रान खेलाडीलाई पछाडी पार्दै सदस्य सचिवको दौड जितेका विष्टलाई तत्कालिन पार्टी अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीले ‘ब्याक’ गराउन खोजेका थिए । पाटी भित्र फरक गुटप्रति निर्मम ढङ्गले प्रस्तुत हुने आरोप खेप्ने गरेका ओलीलाई समेत विष्टको नियुक्ती मन परेको थिएन ।

तत्कालिन समय एमाले भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको समय सदस्य सचिव प्रकरणले निर्णायक रुप लियो । विष्टलाई ब्याक गराउने तत्कालिन प्रधानमन्त्रीको निर्णयमा अर्का नेता माधव नेपालले गम्भिर आपत्ति जनाए । विष्ट प्रकरणलाई नेता नेपालले आत्मसम्मानको लडाईको रुपमा लिएपछि अन्तिम समयमा ओली आफै पछाडी हटे । सरकार सञ्चालनको समय पाटी भित्रको आन्तरिक द्वन्दलाई ओलीले उछाल्न चाहेनन् । सोही कारण सदस्य सचिवमा विष्टले निरन्तरता पाए ।

समय बदलिएको छ । तर पार्टी भित्रको अन्तर संघर्षको चरित्र बदलिएको छैन । नव गठित नेकपा एकिकरणको अन्तिम तयारीमा छ । पुर्व एमालेभित्र ओली र नेपाल समुहको भागबण्डामा सहमती जुट्न सकेको छैन । सोही पाटी भित्रको आन्तरिक राजनीतिको लडाँई खेलकुदमा प्रतिबिम्बित भएको छ ।

नेता नेपाल समुहका सदस्यलाई असहयोग गर्ने विपरित खेमको अघोषित कार्यक्रमनै हो । प्रधानमन्त्रीको जोडबलमा मन्त्री पदको पुरस्कार पाएका खेलकुद मन्त्री विश्वकर्माले सोही कार्यशैलीलाई खेलकुदमा निरन्तरता दिएका छन्, सदस्य सचिवलाई असहयोग गरेर ।

बजेटमा असहयोग

आठौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद राखेपले खेलकुद मन्त्रालयसंग ४८ करोड बजेट माग गरेको थियो । तर खेलकुदले अर्थ मन्त्रालयसंग ४३ करोड रुपेयाँ बजेट सिफारिस गर्यो ।

प्रतियोगिता आयोजनालाई लिएर अर्थबाट ३२ करोड रुपैयाँ मात्र पास भयो । अर्थबाट अझै ११ करोड रुपैयाँ निकाशा हुन बाँकी छ ।

बजेटका लागि पहल गर्नुपर्ने खेलकुदमन्त्रीले कुनै सक्रियता नदेखाएको परिषदका एक बोर्ड सदस्य बताउँछन् । समयमै बजेट प्राप्त नहुदाँ त्यसको प्रत्यक्ष असर प्रतियोगिता सञ्चालनमा परेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पदक विजेता टोलीलाई स्वागत
पदक विजेता टोलीलाई स्वागत
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
ग्रेस ओभरअल च्याम्पियन
ग्रेस ओभरअल च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
चेयरम्यान कप चेसमा ३१९ खेलाडीको चुनौती
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP