काठमाडौं । म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरण अन्तर्गत अहिले नेपालले भारतसंग प्रतिस्पर्धा गरिरहेको छ ।
मण्डलारथिरी स्टेडियममा जारी खेलमा नेपाल भारतसंग २-१ गोल अन्तरले पछि परेको छ । पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा गोल खाएको हो ।
खेलको ६० औं मिनेटमा सन्ध्याले गोल गर्दै भारतलाई अग्रता दिलाएकी हुन् ।
यस्तै पहिलो हाफको छैटौं मिनेटमा पुनम मगरले आत्मघाती गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । तर, सातौं मिनेटमा नेपालकी कप्तान निरु थापाले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याईन् ।
नेपाल भारतसंग पाँचौ महिला साफको फाइनलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । घरेलु मैदानमा दुई साताअघि सम्पन्न साफको फाइनलमा नेपाल भारत पराजित भएको थियो ।