काठमाडौं । नेपालमा दोस्रो पटक हुन लागेको युरोपियन क्लब एसी मिलान जुनियर फुटबल क्याम्पको सम्पूर्ण तयारी पुरा भएको छ ।
आयोजक एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै क्याम्पको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबारबाट सुरु हुने क्याम्पमा ७ देखि १७ वर्षमुनिका १०० खेलाडीलाई प्रशिक्षण दिईने संयोजक थमन भुसालले जानकारी दिए ।
चैत २९ गतेसम्म संचालन हुने क्याम्पमाका लागि इटालियन क्लब एसी मिलानबाट ४ प्रशिक्षकहरु नेपाल आएका छन् । उनीहरुलाई नेपालका १० प्रशिक्षकले सहयोग गर्ने छन् ।

युवा खेलाडीलाई प्रशिक्षण दिन मिलानबाट एड्रियाना निकोली, पाओलो कार्ली, ग्राबियल मोरोक्को र सिमोन बोनीनी नेपाल आएका छन् ।
क्याम्प दैनिक बिहान ९ः३० देखि बेलुका ६ बजेसम्म संचालन हुनेछ ।
क्याम्पमा सहभागी एक उत्कृष्ट खेलाडीले इटालीको एसी मिलान क्लबमा विशेष प्रशिक्षणको मौका पाउने छन् । उक्त खेलाडी क्याम्पको समापनसंगै छनोट गरिने आयोजकले जनाएको छ ।