काठमाडौं । म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरण अन्तर्गत नेपालले आज भारतसंग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा घरेलु टोलीसंग पराजित नेपालले दोस्रो खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी भारतसंग खेल्दै छ । र, नेपालले भारतविरुद्ध मैदान उत्रने सुरुवाती-११ को घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक हरि खड्काले म्यानमारसंग मैदान उत्रिएको टोलीलाई नै निरन्तरता दिएका छन् । भारतविरुद्ध नेपाली टोलीमा परिवर्तन गरिएको छैन ।
नेपाली टोलीको अग्रपंक्ति सम्हाल्ने जिम्मा कप्तान निरु थापा र सावित्रा भण्डारीलाई दिईएको छ । यस्तै गोलकिपरमा एन्जिला सुब्बा तुम्बाप्पो र डिफेन्समा हिरा भुजेल, गिता राना, पुनम जर्घामगर र मनमाया लिम्बु रहेकी छिन् ।
नेपाली टोलीको मिडफिल्डमा मञ्जली कुमारी योञ्जन, रोनुका नगरकोटी, दिपा राई र अनिता बस्नेत रहेकी छिन् ।
नेपाल भारतसंग पाँचौ महिला साफको फाइनलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । घरेलु मैदानमा दुई साताअघि सम्पन्न साफको फाइनलमा नेपाल भारत पराजित भएको थियो ।
नेपालको प्लेईङ सेट :
गोलकिपर : एन्जिला सुब्बा तुम्बाप्पो
डिफेन्डर : हिरा भुजेल, गिता राना, पुनम जर्घामगर , मनमाया लिम्बु
मिडफिल्डर : मञ्जली कुमारी योञ्जन, रोनुका नगरकोटी, दिपा राई, अनिता बस्नेत
फरवार्ड : सावित्रा भण्डारी, निरु थापा (कप्तान)
