काठमाडौं । तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकप फुटबलको उपाधि भिडन्त आज (शनिबार) हुँदैछ ।
दुहबीमा हुने उपाधि भिडन्तमा विभागीय त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाउफिन्सले प्रतिस्पर्धा गर्ने छन् ।
दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । प्रतियोगिताको विजेताले ६ लाख पाउने छ भने उपविजेताले ३ लाख पाउनेछ ।
यसअघि सेमिफाइनलमा आर्मीले रुस्लान थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै दाउफिन्सले मेचि नेत्रालय ट्रेनिङ सेन्टरलाई ३–० गोलले पराजित गरेको थियो ।