फिदिम । तेस्रो संस्करणको पाँचथर गाेल्डकप फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुदैछ ।
पाँचथर क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा शनिबार मिसन युनाइटेड ताप्लेजुङ र डिएफसी माेरङबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा मिसन युनाइटेड ताप्लेजुङ र डिएफसी माेरङसंगै हिमालयन शेर्पा क्बल, जावलाखेल युथ क्बल, दार्जिलिङ युनाईटेड भारत, विजय युथ क्लब हेटौडा, रेड हर्स इलाम, विर्तामोड युनाईटेड झापा, न्यु स्टार क्लब सुनसरी र आयोजक पाँचथर क्बलको सहभागिता रहेको छ ।

प्रतियोगिताका लागि आयाेजक पाँचथर क्लबले जिल्लाका खेलाडीलाई मात्र समेटेर आफ्नाे टिम बनाएकाे छ ।
पाँचथर जिल्लाकाे प्रतिष्ठित गाेल्डकप मध्येको एक रहेको यस प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।