काठमाडौं । म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोटको दोस्रो चरणको छनोटमा नेपालले आज (शनिबार) भारतसंग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा घरेलु टोलीसंग पराजित नेपालले दोस्रो खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी भारतसंग खेल्न लागेको हो । नेपाल र भारतबीचको खेल २:१५ मा सुरु हुनेछ ।
भारतविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा रहने छ । बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसंग ३–१ गोल अन्तरले पराजित भएको थियो । त्यसैले नेपाल दोस्रो चरणमा पुग्न भारतसंग अंक जोड्न चाहन्छ ।
नेपाल भारतसंग पाँचौ महिला साफको फाइनलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । घरेलु मैदानमा दुई साताअघि सम्पन्न साफको फाइनलमा नेपाल भारत पराजित भएको थियो ।
भारत भने लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा भारतले इन्डोनेसियालाई हराएको थियो ।
भारतपछि नेपालले प्रतियोगिताको अन्तिम खेलमा नेपालले नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग २६ गते खेल्नेछ ।
म्यानमारमा कार्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यानमार, बंगलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।
साफ च्याम्पियनसिपमा मात्रै सिमित नेपाली महिला टिम पहिलो पटक ओलम्पिक छनोट खेलेको हो ।