काठमाडौं । प्रदेश नम्बर १ मा 'मुख्यमन्त्री प्रदेश लिग' फुटबल प्रतियोगितामा संचालन हुने भएको छ । प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) शुक्रबार एक समिति गठन गरेको छ ।
एन्फाले एन्फाका प्रवक्ता समेत रहेका किरण राईको संयोजकत्वमा प्रतियोगिता संचालन समिति गठन गरेको हो । समितिको सचिवमा बसन्त अर्याल रहेका छन् ।
एन्फाले गठन गरेको समितिले प्रतियोगिताको ढाँचा, आयोजना स्थल, प्रतियोगिताको मिति लगायतका कार्यहरु गर्ने छन् । संयोजक किरण राईका अनुसार प्रतियोगिता वैशाख र जेठको बीचमा गर्ने तयारी भईरहेको बताए ।
'एन्फाले सबै प्रदेशमा लिग संचालन गर्ने कार्यक्रम अनुसार हामीलाई प्रदेश १ को लिग गर्ने जिम्मा दिएको छ,' पसंयोजक राईले भने, 'हामीले प्रदेश १ सरकारसंग छलफल गरिरहेका छौँ । स्थानीय सरकारसंगको सहमति पछि लिग आयोजना गर्छौं।'
यस्तै संयोजक राईले लिगमा प्रदेश १ को १४ जिल्लाले प्रतिस्पर्धा गर्ने जानकारी गराए । लिगको ढाँचाबर समे छलफल भईरहेको बताए । उनले लिग प्रदेश १ को ३ देखि ४ स्थानमा संचालन गर्ने बताए ।
प्रतियोगिताको लागि एन्फाले गठन गरेको समितिको सदस्यमा निरोज खडगी, दिपक राई, दिलिप राई, सन्तोष बानिया, भगिरथ आले, दिपेन्द्र धिमाल, केशब कार्की,रन्जन कार्की, गोभिन्द राई, भरत घिमिरे, प्रविन सुवाल, महेश श्रेष्ठ, बाल कुमार सवा, सुजन नेम्बाङ र ध्रुब बिक्रम राई रहेका छन् ।