विश्वकप फुटसलमा नेपाल जित विहीन
बिहिबार, चैत २१, २०७५खेलपाटी संवाददाता

काठमाडौं । अर्जेन्टिनामा जारी १२ औं संस्करणको विश्वकप फुटसलमा नेपालले लगातार तेस्रो खेलमा हार व्यहोरेको छ ।
बिहिबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालको लागि एक मात्रै गोल सुजन बलामीले गरे ।
यो हारसंगै नेपाल समूह 'डी' मा जितविहीन बन्दै घर फर्किएको छ ।
यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग २–१ गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा फ्रान्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।
नेपालले विश्वकपमा वाइल्ड कार्डबाट सहभागिता जनाएको हो । नेपालको समूहबाट क्याटलोनिया र फ्रान्स क्वाटरफाइलमा प्रवेश गरेका छन् ।






-1759666509639.jpg&w=3840&q=75)




-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



