नेपाल फ्रान्ससंग पराजित
बुधबार, चैत २०, २०७५खेलपाटी संवाददाता

काठमाडौं । अर्जेन्टिनामा जारी १२ औं संस्करणको विश्वकप फुटसलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
बुधबार भएको दोस्रो खेलमा फ्रान्ससंग ३-२ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार हार व्यहोरेको हो । नेपालका लागि सुजन बलामी र सन्जिब तामाङले एक एक गोल फर्काएपनि टोलीलाई जित दिलाउन सकेनन् ।
फ्रान्ससंगको हारसंगै पहिलो पटक फुटसलको विश्वकप खेलेको नेपाल समूह चरणबाटै घर फर्किने सम्भावना बढेको छ ।
यसअघि पहिलो खेलमा नेपाल अमेरिकासंग २-१ गोल अन्तरले पराजित भएको थियो । नेपालले २ खेलमा अंक जोड्न सकेको छैन ।
समूह 'डी' मा रहेको नेपालले विश्वकपमा वाइल्ड कार्डबाट सहभागिता जनाएको हो । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।






-1759666509639.jpg&w=3840&q=75)




-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



