विश्वकप फुटसल : पहिलो खेलमा नेपाल पराजित
मंगलबार, चैत १९, २०७५खेलपाटी संवाददाता

काठमाडौं । अर्जेन्टिनामा जारी १२ औं संस्करणको विश्वकप फुटसलको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
मंगलबार भएको पहिलो खेलमा नेपाल अमेरिकासंग २-१ गोल अन्तरले पराजित भएको हो ।
पहिलो पटक फुटसलको विश्वकप खेलेको नेपालका लागि कप्तान समिर कार्कीले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् । अमेरिकाका लागि कुन्हा र लोपेशले एक एक गोल गरे । नेपालका गोलकिपर दिनेश श्रेष्ठले एक पेनाल्टी बचाएका थिए ।
विश्वकपमा नेपालले वाइल्ड कार्डबाट सहभागिता जनाउन लागेको हो । नेपाल समूह 'डी' मा रहेको नेपालले अब दोस्रो खेलमा फ्रान्ससंग खेल्ने छ ।
समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।






-1759666509639.jpg&w=3840&q=75)




-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



