उपाधिका लागि प्रेस युनियन र प्रेस संगठन भिड्ने

काठमाडौं । नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजित अन्तर मिडिया कप फुटसलको उपाधिका लागि प्रेस युनियन र प्रेस संगठन भिड्ने भएका छन् ।
शान्तिनगर फुटसलमा बिहीबार भएको सेमिफाइनलमा प्रेस युनियनले नेपाल टेलिभिजनलाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
यस्तै प्रेस संगठनले इमेज टेलिभिजनलाई पराजित गर्दै फाइनलमा प्रेस युनियनसंगको भेट पक्का गरेको हो । फाइनल शुक्रबार हुनेछ ।
यस्तै प्रतियोगितामा इमेज टेलिभिजनले तेस्रो स्थान हासिल गरेको छ । इमेजले नेपाल टेलिभिजनलाई पेनाल्टी सुट आउटमा पराजित गर्यो । निर्धारित समय ४/४ गोल बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
प्रतियोगितामा ११ टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (ए), प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति (बी), सूचना विभाग, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (ए), नेपाल पत्रकार महासंघ काठमाडौं शाखा (बी), इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र नेपाल पत्रकार मञ्चको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उद्घाटन नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले गरेका थिए ।






-1759666509639.jpg&w=3840&q=75)




-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



