• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
दिल्लीको टिममा किन परेनन् सन्दीप ?
खेलपाटी संवाददाता
बिहीबार, चैत १४, २०७५ खेलपाटी संवाददाता
दिल्लीको टिममा किन परेनन् सन्दीप ?

एजेन्सी । गत सिजनबाट इण्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यु गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ३ खेलमा ६.८३ को प्रति ओभर औसतमा ५ विकेट हात पारेका थिए ।

आईपीएलको डेब्युपछि सन्दीपले  विश्वको धेरै फ्रेन्चाइज टी-ट्वान्टी लिगको अभिन्न अंग बनेका छन् । उनले हालसम्म ३६ टी-ट्वान्टी खेलमा ४५ विकेट हात पारिसकेका छन् ।

त्यसैले सन्दीपले यस सिजन दिल्लीका लागि स्पिन बलिङमा मुख्य भूमिका खेल्ने सबै क्रिकेट पण्डितहरुको अनुमान थियो ।तर,दिल्लीले खेलेको दुवै खेलमा सन्दीप अटाउन सकेका छैनन् ।

सन्दीप लगातार दुई खेलमा नपरेपछि क्रिकेट पण्डितहरु समेत अचम्मित भएका छन् । सन्दीप किन दिल्लीको टोलीमा परेका छैनन् त ? अहिले कारणहरु खोज्न थालिएको छ ।

क्रिकेट वेबसाइड क्रिकइन्फोसंग कुरा गर्दै विश्लेषक ब्राड होजले सन्दीप टिममा नपर्दा आश्चर्यमा परेको बताए ।

'दिल्लीको टिममा सन्दीप किन टिममा परेनन् म आश्चर्यमा छु । यो पिचमा उनी म्याच विजेता सावित हुन सक्थे,' होजले भने, 'सन्दीपलाई नखेलाउनुको कुनै खस कारण छैन ।'

यस्तै दीप गुप्ताले दिल्लीले सन्दीपलाई समावेश नगरेर गल्ती गरेको बताए ।

'बल टर्न हुने पिच थियो । जडेजाले टर्न गराउदा सन्दीपले पक्कै सक्थे । सन्दीप टिममा नपर्नु कुनै कारण छैन,' दीपले भने ।

दिल्लीको रणनीति 

मंगलबार घरेलु मैदानमा भएको चेन्नई सुपर किङ्सविरुद्ध दिल्लीले ३ विदेशी खेलाडी मात्र खेलाएको थियो । जहाँ चौथो खेलाडी सन्दीप हुन सक्ने थिए ।

राहुल तिवाटियालाई मध्ये क्रमका खेलाडीको आक्रमणबाट जोगाउन खेलाईएको थियो भने सम्भवत, अमित मिश्रालाई शेन वाट्सनको विकल्प थिए । उनको वाट्सनविरुद्धको आंकडा राम्रो थियो ।

मंगलबारको खेल बाहेक टी-ट्वान्टीको १० भेटमा अमितले वाटसनलाई ४ पटक आउट गरेका छन् । मिश्र यो पटक पनि वाट्सनलाई आउट पार्न सफल भए । तर, उनी स्पिन फ्रेन्डली पिचमा पनि निकै महँगो साबित भए ।

चेन्नईको ब्याटिङ

स्लो पिचमा रन बनाउनु निकै कठिन हुन्छ । तर, हिजो चेन्नईले पावर प्लेमा नै ५८ रन बनाउन सफल भएको थियो भने दिल्लीले मात्र ४३ रन बनाएको थियो । पहिलो ६ ओभर भित्र नै त्यति रन बनाउदा चेन्नईले खेल ८९% आफ्नो पक्षमा पारी सकेको थियो ।

वाट्सन सुरुवात देखिनै आक्रामक ब्याटिङ गरिरहेका थिए । र, दिल्लीको पेस बलिङले उनलाई खेल्न झन् सजिलो भइरहेको थियो ।

दिल्लीका लागि कागीसो राबडा र इशान्त शर्माले पावर प्लेमा नै ५ ओभर गरेका थिए । अन्य टिम भन्दा दिल्लीले सुरुवाती क्रममा स्पिन खेलाउनेमा अलि कन्जुजुस्याइन गरेको देखिन्छ ।

सन् २०१७ को आईपीएलमा दिल्लीले १७.७८% स्पिन बालिङ पावर प्लेमा गरेको छ भने अमितले पछिल्लो २ बर्षमा जम्मा २ ओभर मात्र बलिङ गरेका छन् ।

पावर प्लेमा फास्ट बलिङ गराउनुको अर्को मतलब हुन सक्छ कि इशान्तले पछिल्लो डेथ ओभर गर्नु नपरोस । किनकि उनको आईपीएल इतिहाँसमा पछिल्लो ४ ओभर हेर्ने हो भने ११.२९ को इकोनमि रहेको छ ।

सोहि कारण चेन्नईले सुरुवाती ओभरमा नै  फास्ट बलरबाट रन बटुल्दै स्पिनरसंग होसियार हुँदा खेल जित्न सफल भएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP