शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

कर्मा–थानी भेटघाट : कार्यतालिका बनाएर सम्झौता कार्यान्वयन गरिने

सोमबार, ११ चैत्र २०७५खेलपाटी संवाददाता
कर्मा–थानी भेटघाट : कार्यतालिका बनाएर सम्झौता कार्यान्वयन गरिने
Classic Tech Internet Ad


काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल संघका अध्यक्ष हमाम विन खालिफा विन महमेद अल थानीबीच आज (सोमबार) भेटवार्ता भएको छ ।

दुई दिने नेपाल भ्रमणमा आएका कतारका फुटबल संघका अध्यक्ष थानी र एन्फा अध्यक्ष शेर्पाबीच काठमाडौंको एक होटलमा भेटवार्ता भएको हो ।

एएफसीको नयाँ नेतृत्वकालागि निर्वाचनको मिति नजिकिदै गर्दा थानी विदेश भ्रमणमा निस्किएका हुन् । उनी श्रीलंकाको भ्रमण सकेर नेपाल पसेका हुन् ।

भेटको क्रममा नेपाल र कतार फुटबल संघबीच यसअघि भएको सम्झौता कार्यान्वयनको बिषयमा छलफल भएको थियो ।

दुई अध्यक्ष कार्यतालिका बनाएर दुई देशबीच भएको सहमती कार्यान्वयन गर्ने बिषयमा सहमत भएका छन् ।

सहमती कार्यान्वयनको कार्यतालिका बनाउन एन्फाका दुई प्रतिनिधि चाँडै कतार जाने सहमती समेत बनेको छ ।

भेटमा सहभागि एक एन्फा पदाधिकारीका अनुसार संघका महासचिव र एक उपाध्यक्ष सहमती कार्यान्वयनको कार्यतालिका बनाउन चाँडै कतार जाने छन् ।

यसअघि नेपाल र कतारबीच फुटबल विकासका लागि पाँच बर्षको सम्झौता भएको थियो ।

दुई देशबीच फुटबल व्यवस्थापन, प्राविधिक पक्ष, प्रशिक्षक, रेफ्री र खेलाडी आदानप्रदान सहितका १७ बुँदामा सहमती भएको थियो ।

‘दुई देशका फुटबल संघबीच भएको सम्झौता कार्यान्वयनको बिषयमा छलफल भयो ।’ भेटमा सहभागि एक पदाधिकारीले भने, ‘कार्यतालिका बनाएर सहमतीलाई कार्यान्वयन गर्न दुवै अध्यक्षबीच सहमती भएको छ ।’

भेटवार्तामा एएफसीको आसन्न निर्वाचनको बिषयमा कुनै छलफल नभएको बताईएको छ ।

एएफसीको नयाँ निर्वाचनको मिति नजिकिदै गर्दा थानीको नेपाल भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

एएफसीको नयाँ नेतृत्वको निर्वाचनमा कतारका उपाध्यक्ष साउद ए अजिज एम ए अल मोहननादीले उम्मेद्वारी दिएका छन् । उनीसंगै वर्तमान अध्यक्ष शेख सलमान विन ईब्राहिम अल ईब्राहिम र युएईका मोहमद काफलन मटर सईद अलरोमिथ चुनावी प्रतिस्पर्धामा छन् ।

यसअघि एएफसीमा अध्यक्ष तथा बहराईनमा अध्यक्ष शेख सलमानले केही महिना अघि नेपालको भ्रमण गरेका थिए ।

नयाँ नेतृत्वको लागि एएफसीको साधारण सभा मलेसियाको क्वलालाम्पुरमा अप्रिल ६ मा बस्दैछ ।

कतारी अध्यक्ष थानी सहितको भ्रमण टोली आजै साँझ स्वदेश फर्कनेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने