सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

अमर सिंह र कालिदासको जोडीलाई सफलता

शनिबार, ०९ चैत्र २०७५खेलपाटी संवाददाता
अमर सिंह र कालिदासको जोडीलाई सफलता
Loading ad...
mustang rice ad

ललितपुर । अमर सिंह राई र कालिदास राईको जोडीले मानभवन ब्याडमिन्टन क्लब अन्तर सदस्सीय ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा शनिबार पुरुष युगलतर्फ अमर सिंह र कालिदासको जोडीले निरन प्रसाद राई र ज्योति प्रकाश पाण्डेको जोडीलाई पराजित गरे । दोस्रो चरणमा प्रवेश गर्ने क्रममा अमर सिंह र कालिदासको जोडीले निरन र ज्योतिको जोडीलाई २१-१४ र २३-२१ को सेटमा पराजित गरे ।

यस्तै उद्घाटन खेलमा लोकेन्द्र जेरो किराँती र बिक्रम महर्जनको जोडीले जित हात पारे । लोकेन्द्र र बिक्रमको जोडीले जय प्रसाद राई र सुर्य पोखरेलको जोडीलाई २१-१५ र २२-२० को सेटमा पराजित गरे ।

मानभवन ब्याडमिन्टन क्लबको आयोजनामा जारी प्रतियोगितामा पुरुष एकल र युगलको स्पर्धामा प्रतिस्पर्धा भईरहेको छ । प्रतियोगिता चैत २३ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिब लोकेन्द्र जेरो किराँतीले जानकारी गराए ।

प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिकाका पाँच नम्बर वडाको सदस्य विकास मन श्रेष्ठले गरेका थिए । कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइला, नेपाल इन्भेष्टमेण्ट बैंकका सीईओ ज्योति प्रकाश पाण्डे लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।    

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

सोमपाल ब्रान्ड एम्बेसडरमा नियुक्त

मेन्डी घाइते

मेन्डी घाइते

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो टिकट मूल्य

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा