आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्तर्वार्ता
Bhat Bhateni Supermarket Ad

फ्रेन्चाईजले महिला क्रिकेटलाई चर्चामा ल्याउनेछ : जयराज राय (अन्तर्वार्ता)

बिहिबार, १६ फाल्गुण २०७५खेलपाटी संवाददाता
फ्रेन्चाईजले महिला क्रिकेटलाई चर्चामा ल्याउनेछ : जयराज राय (अन्तर्वार्ता)
mustang rice ad

काठमाडौं । जयराज राय, नेपाली क्रिकेटले चिन्ने नाम होईन । नेपाली क्रिकेटले उनलाई चिन्नुपर्ने कारण पनि त छैन । तर पछिल्लो समय घरेलु क्रिकेटमा महिला फ्रेन्चाईज लिग चर्चामा छ । त्यसको नाम जुराईएको छ, एनसीएल महिला टी–ट्वान्टी फ्रेन्चाईज लिग ।

यही महिला लिग गर्नुपर्छ भनेर कस्सिएर लागेका एक युवा हुन्, जयराज राय ।

घरेलु क्रिकेटमा पछिल्लो समय फ्रेन्चाईजको बाढी नै छ । तर दुर्भाग्य सबै प्रतियोगिता पुरुष क्रिकेटमा केन्द्रित छ । घरेलु प्रतियोगिता शुन्य जस्तै अवस्थामा रहदाँ महिला क्रिकेटरले खेल्न पाएका छैनन । खेलाडी उत्पादनको प्रक्रिया लगभग शुन्य जस्तै अवस्थामा छ ।

पुरुष क्रिकेटर अन्तराष्ट्रिय प्रतियोगिता सहित फ्रेन्चाईज लिगमा व्यस्त रहदाँ राष्ट्रिय टिमका खेलाडी बाहेक महिला क्रिकेटरले ब्याट समाउन नपाएको धेरै भईसक्यो । पुरुषका फ्रेन्चाईजले प्राप्त गरेको सफलताले पछिल्लो समय धेरैको ध्यान महिला फ्रेन्चाईजतर्फ सर्न थालेको छ ।

यही अवस्थामा एनसीएलले महिला फ्रेन्चाईजको सुरुवात गर्दैछ । एसियामै पहिलो महिला फ्रेन्चाईज लिगको दाबी गरिएको प्रतियोगिता आयोजनाको उद्वेश्य, चुनौती र सम्भावनाका बिषयमा एनसीएलका प्रबन्ध निर्देशक जयराज रायसंग खेलपाटीकर्मी विश्वास थापाले गरेको कुराकानीको सम्पादित अंश ।

क्रिकेटमा आउनुको कारण के हो ?

म खेल प्रेमी हुँ । क्रिकेट, फुटबल दुवैमा लगाव छ । म आफै क्रिकेट खेल्थे, कलेज हुदाँ क्याप्टेन थिए । खेललाई माया गर्ने भएर क्रिकेटमा केही गर्न पर्छ भनेर आएका हौं ।

सबै पुरुषको फ्रेन्चाईज लिग गर्न लालायित छन् । तर तपाईले महिला क्रिकेट रोज्नुको कारण ?

सबैले पुरुष क्रिकेटलाई प्राथामिकता दिनु भएको छ । महिला क्रिकेटमा कोही छैन । त्यसपछि हामीले क्रिकेटका विभिन्न निकायसंग भेट गर्यौ । उहाँहरुले हौसला दिनुभयो । सहयोग गर्नुभयो । महिला क्रिकेटमा केही गरौ भनेर आएका हौ । हामीसंगै अरुले समेत महिला क्रिकेटको बिषयमा केही सोचेको हुनुपर्छ ।

प्रतियोगिता आयोजनाको तयारीमा हुनुहुन्छ । कत्तिको गाह्रो छ महिला क्रिकेटमा काम गर्न ?

छैन । त्यो महशुश गरेका छैनौ । सबैले सहयोग गर्नुभएको छ । जसलाई भेटेका छौ । सबैले अगाडी बढ्नपर्छ भन्नु भएको छ । सबैको हौसला र प्रेरणा छ ।

क्यान निलम्बनमा हुदाँ फ्रेन्चाइज लिगले पुरुष क्रिकेट धानेको छ । तर महिला क्रिकेटमा कसैको ध्यान गएन ?

म अरुको कुरा गर्न सक्दिन तर हामी पनि ढिला भयौं । दुई बर्ष अघि योजना आएको भए महिला क्रिकेटमा धेरै आयाम थपिने थियो ।


महिला क्रिकेटले आजसम्म ठुला सफलता हाँसिल गरेको छैन । यस्तो अवस्थामा यो लिग कसरि सफल होला ?

हामी बिश्वस्त छौं, लिग सफल हुन्छ । फ्रेन्चाईज लिगले महिला क्रिकेटरलाई एक्सपोजर दिन्छ । केही मात्रामा भएपनि आय आर्जनको बाटोमा अघि बढाउछ । खेलाडीले जति खेल्न पाउछ, खेलमा उत्तिकै सुधार आउछ । केही महिलाको फ्रेन्चाईज लिग थपिने हो भने विश्व क्रिकेटमा यसको प्रभाव पर्न सक्छ ।

तपाई एसियाकै पहिलो महिला फ्रेन्चाइज लिग भनेर दाबी गरिरहनुभएको छ । महिला क्रिकेटमा के प्रभाव पार्ला ?

क्रिकेटका सरोकारवाला पक्षसंग भेटघाट गर्दा उहाँहरु निकै खुसी हुनुहुन्छ । खेलाडी खुसी भएपछि अरु के चाहियो र ?

नेपालमा महिला क्रिकेटको गतिविधि करिब करिब शुन्य अवस्थामा छ । यस्तो अवस्थामा फ्रेन्चाईज लिग सुरु गर्न कत्तिको चुनौती छ ?

सुरुमा  चुनौतीपुर्ण देखिएको थियो । सबैसंग छलफल गर्दै जादाँ कोही कसैले यसको नेतृत्व गर्नुपर्ने देखियो । यसमा चुनौती छन् । सबै सहयोगीले हरेक कदममा साथ दिनुभएको छ ।

व्यक्तिगत रुपमा तपाईको पृष्ठभुमी खेल क्षेत्रसंग जोडिएको छैन । फ्रेन्चाईज लिग सुरु गरेर सुन्यतामा ढुङ्गा हान्नु भएको त होईन ?
मलाई त्यस्तो लाग्दैन । यसमा ठुलो टिमको हात छ । धेरै साथीहरु हुनुहुन्छ । जसले खेल क्षेत्रमा १०/१५ बर्ष बिताउनुभएको छ । टिम बलियो छ । त्यसैले मलाई सजिलो भएको हो ।

फ्रेन्चाईज लिगमा विदेशी खेलाडीको सहभागिता रहन्छ त ?

हुदैन । हामीले प्रयास गर्न खोजेका थियौ । यसको प्रक्रिया लामो रहेछ । हामी प्रतियोगिाको निकै नजिक छौ । हामीले यसपटक नभ्याउने भयौ । अर्को संस्करणबाट हुन सक्छ ।

लिगमा चार टिममात्र छन् । कारण ?

नेपालमा महिला खेलाडी कम छन् । बिदेशी खेलाडी पनि ल्याउन सकेको भए पाँच टिम हुन सक्थ्यो । जति खेल हुन्छ, खेल्ने वातावरण तयार हुने हो । खेलाडी जन्मिने हुन् ।


खेलाडीको संख्याले टिमको निर्धारण गरेको हो ?

खेलाडीको गणना गरेर नै हामीले टिम निर्धारण गरेका हौँ । बिराटनगर, धनगडी, कन्चनपुर लगायतका जिल्लामा सहकार्य गरेर खेलाडी अनुसार टिम बनेको हो ।

पछिल्लो समय सबैको ध्यान प्रतियोगिता आयोजनामा केन्द्रित छ, तल्लो तहबाट खेलाडी उत्पादनमा कसैको ध्यान छैन । फ्रेन्चाईज लिग खेलाएर मात्र नेपाली क्रिकेट अघि बढ्न सक्छ ?

महिला क्रिकेट निकै कमजोर अवस्थामा छ । यसमा आउने मुनाफाको बिषय सबैले बुझ्न सक्छन् । अर्को कुरा फ्रेन्चाईजले पुरुष क्रिकेटलाई चर्चामा ल्याएको हो । अब त्यसरीनै महिला क्रिकेटलाई समेत अघि बढाउने हो । सबैले महिला क्रिकेटको बिषयमा अब थाहा पाउन आवश्यक छ । महिला क्रिकेटको प्रतिभालाई चिन्न आवश्यक छ । फ्रेन्चाईजले महिला क्रिकेटलाई समेत चार्चामा ल्याउछ । सबैको सहयोग आउँछ । यसले खेलाडी, अभिभावकलाई समेत प्रेरित गर्छ ।

खेलाडी छनोट अक्सनबाट हुने भनिएको छ, राष्ट्रिय खेलाडी देश बाहिर छन् । लिग सुरु हुन केही दिनमात्र बाँकी छ । खेलाडीलाई क्लोज क्याम्पमा राख्न पर्दैन ?

राखिन्छ । खेलाडीलाई हप्ता दिन क्याम्पमा बस्ने समय पुग्छ । हामीले टेक्निकल टिमसंग कुराकानी गरिसकेका छौ ।

लिगका कारण मोफसल रोज्नुको कारण ?
हामी त्रिवी मैदानमा गएका थियौ । तर सबै तालिका निकै व्यस्त रैछ । सोही कारण काठमाडौं बाहिर जान पर्यो । गृह जिल्ला भएका कारणले समेत विराटनगरमा आयोजना गरिने निश्चित भयो ।

काठमाण्डौ बाहिर अनि महिला क्रिकेट, दर्शकको उपस्थिती होला ?

हामीलाई सबैले सहयोग गर्नु हुन्छ भन्ने बिश्वास छ । दर्शकको बिषयमा हामीले पनि सक्दो प्रयास गर्नेछौ । सहभागिता बढाउन योजना बनाएका छौ ।


एनसीएल वुमन्स टी–२० लिग घोषणा हुनु भन्दा पहिले उमेर समूह, पुरुष र महिलाको ठुलो लिग भनेर चर्चा गरिएको थियो । तयारीको कस्तो छ ?

उमेर समूहको हामीले तयारी गरेका छौं । विस्तारै सबै बिषयमा खुलाउँदै आउनेछौ ।

भिडियो हेर्नुहोस् - 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

एकता नै इटहरी गोल्डकपको सफलता : संयोजक थापा

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

'नेपाली क्रिकेट विकासका लागि मल्टि डे क्रिकेट आवश्यक'

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

कर्मा दाइको कमजोरीबाट पंकजजीले सिक्नुपर्छ - कुमार केसी (अन्तरवार्ता)

Bajaj Pulsar Motorcycle Ad
हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

 अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

एनकेएल ‘प्लेयर ट्रायल्स’मा १८० खेलाडी

राजपुरको जितमा नारायण नायक

राजपुरको जितमा नारायण नायक

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

सम्झना र पूजाको सानादर ब्याटिङसँगै नेपालको रोमाञ्चक जित

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

तेन्जिङ नोर्गे खुला आरोहण मे २९ मा हुने

मनीषको गोल व्यर्थ

मनीषको गोल व्यर्थ

बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित