• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकप छनोट : नेपालद्वारा कुवेत ३० रनले पराजित नेपालको ग्लोबल छनोट सम्भावना समाप्त
खेलपाटी संवाददाता
बुधबार, फागुन १५, २०७५ खेलपाटी संवाददाता
विश्वकप छनोट : नेपालद्वारा कुवेत ३० रनले पराजित

काठमाडौं । थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको हो ।

बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो ।

कुवेतका लागि कप्तान मार्याम ओमारले सर्वाधिक २९ रन जोडिन् । यस्तै प्रियादा मुरालीले १४ तथा सब्रिन जाकी र मारियामा हेदरले समान १२/१२ रन बनाए ।

कुवेतलाई सस्तैमा समेट्न कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिईन् । रुबिनाले अन्तिम ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिएकी थिईन् । कुवेतलाई अन्तिम ओभरमा ३५ रन चाहिएको अवस्थामा बलिङ गर्न आएकी रुबिनाले पहिलो ३ बलमा एक वाईड सहित चार रन खर्चेकी थिइन् । त्यसपछिको बलमा भने रुबिनाले लगातार विकेट लिईन् । 

अन्तिम ओभरको चौथो बलमा खादिजा खालीललाई बोल्ड गर्दै रुबिनाले आफ्नो पहिलो तथा नेपालको लागि सातौं विकेट झारिन । पाँचौ बलमा रुबिनाले मदिहा जुबेरीलाई पनि बोल्ड गर्न सफल भईन् । त्यसपछि छैटौं बलमा जिफा जिलानीलाई बोल्ड गर्दै रुबिनाले ह्याट्रिक पुरा गरिन् ।

यस्तै करुणा भण्डारीले ३ विकेट लिईन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११६ रन बनाएको थियो  ।

खराब सुरुवात गरेको नेपालको लागि बिन्दु रावलले अविजित रहदै सर्वाधिक २८ रनको योगदान दिईन् । ४८ रन जोड्दा ५ विकेट गुमाईसकेको नेपालको सम्मान जनक योगफलमा बिन्दुले ४९ बलमा एक चौका प्रहार गरिन्  । कप्तान रुबिना क्षेत्रीले  १३ बलमा ३ चौकासहित २२ रन बनाईन् । 

यस्तै नेरी थापाले १९, काजल श्रेष्ठले १८ रन जोड्दा इन्दु बर्मा र रोमा थापाले समान ७/७ रन बनाईन् । नेपालकी ओपनर सिता राना मगर र सरिता मगर सुन्य रनमा पेभेलियन फर्किए । 

कुवेतका मर्याम ओमर र प्रियादा मुरालीले समान २/२ विकेट लिईन् ।

नेपालको ग्लोबल छनोट सम्भावना कसरी सकियो ?

अन्तिम खेलमा कुवेतलाई पराजित गरेपनि नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । छनोट शीर्ष एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको थियो । 

तर, कुवेतलाई फराकिलो अन्तरले पराजित गर्न नसक्दा नेपाल नेट रन रेटमा थाइल्याण्डसंग पछि पर्दै ग्लोबल छनोटमा पुग्न असफल भएको हो । 

नेपालले ६ खेलबाट १० अंक जोडेको छ । र, नेपाल दोस्रो स्थानमा रहेको छ । थाइल्याण्ड १० अंक जोडेर शीर्ष स्थानमा रहदा युएई ८ अंक जोडेर तेस्रो स्थानमा छ ।

यस्तोमा नेपालको ग्लोबल छनोट यात्रामा मुख्य बाधक थाइल्याण्ड नै बन्यो । राउण्ड रोबिनको आधारमा जारी छनोटको ६ खेलमा ५ जित निकाल्न सफल नेपाल थाइल्याण्डसंग नै पराजित भएको थियो । गत बिहिबार भएको दोस्रो खेलमा थाइल्याण्डसनग ५८ रनले पराजित भएको थियो । 

शीर्ष स्थानको थाइल्याण्डले अन्तिम खेलमा आजै युएईसंग खेल्दैछ । थाइल्याण्ड र युएईबीचको खेलले ग्लोबल छनोटमा पुग्ने टोलीको तय हुनेछ । 

थाइल्याण्डको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो रहेको छ । युएईलाई हराएमा १२ अंकसहित थाइल्याण्ड ग्लोबल छनोटमा पुग्नेछ । ग्लोबल छनोटमा पुग्न युएईलाई फराकिलो जितको आवश्यकता रहेको छ ।

 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
चेन्नईको रोमाञ्चक जित
चेन्नईको रोमाञ्चक जित
रोहितले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
रोहितले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP