रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
मंगलबार, असार १७, २०८२खेलपाटी संवाददाता

काठमाडौं। रौनक श्रीवास्तवको शतकसँगै नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा भुटानलाई ३५९ रनको लक्ष्य दिएको छ।
मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा विकेट गुमाउँदै ३५८ रन बनाएको हो।
नेपालका रौनकले सर्वाधिक १६८ रन बनाए। १३२ बल खेलेका उनले १६ चौका र ५ छक्का प्रहार गरे। जोय थापाले ६७ बलमा ७ चौकासहित अविजित ६१ रन बनाए।
श्रीवान्स ५४ र सुगम बुढाथोकी ३५ रनमा आउट भए।
भुटानका लागि साङ्गे दोर्जीले सर्वाधिक ३ विकेट लिए। जेन्जिङ लोडी जामत्शोको नाममा १ विकेट रह्यो।














