आइतबार, ०६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

अख्तियार पुग्यो एन्फा अनुसन्धानको फाईल

बुधबार, १५ फाल्गुण २०७५खेलपाटी संवाददाता
अख्तियार पुग्यो एन्फा अनुसन्धानको फाईल
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा भएको भनिएको आर्थिक अनियमितता र भ्रष्टचारको बिषयमा अनुसन्धान गरि तयार पारिएको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धानमा पुगेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले एन्फाको बिषयमा अनुसन्धान गर्न गठन गरेको तीन सदस्यीय समितिले तयार पारेको प्रतिवेदन अख्तियारमा पुगेको हो ।

एन्फाभित्र ब्यापक आर्थिक अनियमितता र भ्रष्टाचार भएको दाबी गर्दै पुर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवर र एन्फाका चार सदस्य जिल्लाले विभिन्न निकायमा उजुरी गरेपछि अख्तियारले अनुसन्धान समिति गठन गरेर छानविन गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको थियो ।

अख्तियारले आरोपका विभिन्न १४ बुदाँमा केन्द्रित रहेर प्रारम्भिक अनुुसन्धान गर्न मन्त्रालयलाई १५ दिनको समयसिमा दिएको थियो । लगत्तै मन्त्रालयले खेलकुद सह सचिव अणप्रसाद न्यौपानेको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिमा मन्त्रालयका उपसचिव समन्तमणी आचार्य र संघ संस्था विभागका प्रमुख डेमबहादुर बस्नेत रहेका थिए । मन्त्रालयले १० दिन भित्र छानविन प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

तर छानविन समितिले धेरै बिषयमा स्थलगत अध्ययन गर्नुपर्ने भएकाले करिब दुई हप्ता लगाएर प्रतिवेदन तयार पारेको हो ।

समितिले तयार पारेको प्रतिवेदनलाई मन्त्रालयले अख्तियार अनुसन्धान आयोगमा पठाएको हो । मन्त्रालय स्रोतका अनुसार अख्तियारले प्रतिवेदनको अध्ययन गरेर आवश्यक कदम अगाडी बढाउनेछ ।

एन्फा निर्वाचनमा व्यापक आर्थिक अनियमितता सहितको १४ बुँदे आरोप लगाउँदै चार जिल्ला फुटबल संघले अख्तियार, राखेप, मन्त्रालय लगायतका निकायमा उजुरी गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एन्फा विवादको बिषयमा बिशेष चासो राख्दै आवश्यक अनुसन्धान अघि बढाउन राखेप र खेलकुद मन्त्रालयलाई निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशन लगत्तै राखेपले छानविन समिति गठन गरेको थियो । तर अख्तियारको निर्देशन अनुसार मन्त्रालय आफैले छानविन समिति गठन गरेको हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मियामीको जितमा मेसीको २ गोल

मियामीको जितमा मेसीको २ गोल

बेलबारी र रेडहर्स भिड्ने

बेलबारी र रेडहर्स भिड्ने

भुटान र चर्च बोइज खेल्दै

भुटान र चर्च बोइज खेल्दै

आयोजक बुट्टाबारी सेमिफाइनलमा

आयोजक बुट्टाबारी सेमिफाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

घनपोखरा ब्ल्यु र अरुण मेमोरियल फाइनलमा

 प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

प्लानिङ बोइज इटहरी गोल्डकपको फाइनलमा

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

पहिलो खेलमै नेपाल पराजित

पहिलो खेलमै नेपाल पराजित