साबा प्रि क्वालिफायर : नेपाल भर्सेस भुटान (लाइभ)
बुधबार, असार १३, २०७५खेलपाटी संवाददाता
काठमाडौं । बंगलादेशमा जारी फिबा एसिया कप २०२१ को साबा प्रि क्वालिफायर प्रतियोगितामा अहिले नेपालले भुटानसँग खेल्दै छ ।
बंगलादेशको ढाकामा नेपाल आफ्नो दोस्रो खेल लिएर मैदान उत्रिएका हुन् । पहिलो खेलमा नेपाल हिजो माल्दिभ्ससंग पराजित भएको हो । नेपाललाई माल्दिभ्सले ६३ - ६० को स्कोरले हराएको हो ।
प्रतियोगितामा नेपाल सहित बंगलादेश, श्रीलंका, भु्टान र माल्दिभ्सले सहभागिता जनाएका छन् । प्रतियोगितामा शीर्ष दुईमा पर्ने टोली डिभिजन टु्मा छनोट हुनेछ । डिभिजन टुको शीर्ष दुई भित्र पर्ने टोलीले अन्तिम चरणको छनोटमा प्रवेश पाउने छ ।







-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)





