हिसान बास्केटबलमा टाईम्स र साईपललाई उपाधि

काठमाडौं । चौथों संस्करणको हिसान उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ टाईम्स ईन्टरनेशनल कलेज र महिलातर्फ साईपल कलेजले जितेका छन् ।
आईतबार भएको फाईनलमा टाईम्स ईन्टरनेशनल कलेजले मोर्गन ईन्टरनेशनल कलेजलाई ५४–३८ अंकको फराकिलो अन्तरले पराजित ग¥यो । महिलातर्फ साईपल कलेजले जेभियर ईन्टरनेशन कलेजलाई ३४–२० को अंकमा पराजित ग¥यो ।
यसअघि भएको पुरुषतर्फको सेमिफाइनल खेलमा ट्रिनिटी ईन्टरनेशनल कलेजलाई मोर्गन ईन्टरनेशनल कलेजले ५८–४३ को फराकिलो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । टाईम्स इन्टरनेशनल कलेजले गोल्डेन गेट ईन्टरनेशनल कलेजलाई ५३–४६ अंकले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको थियो ।

यस्तै महिलातर्फको सेमिफाईनलमा साईपल कलेजले सीसीआरसीलाई ३३–१० अंकको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । अर्को सेमिफाईनलमा जेभियर ईन्टरनेशन कलेजले गोल्डेन गेट ईन्टरनेशनल कलेजलाई २२–११ अंकले हराएको थियो ।
प्रतियोगिताको प्रमुख अतिथि लेखराज भट्टले विजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरेका थिए । टाईम्स कलेजका जस्मन तामाङ र साईपल कलेजकी निलम शेर्पा ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भए ।

२८ गतेबाट सुरु भएको खेल वर्षाका कारण स्थगित गरिएको थियो । खेलमा पुरुषतर्फ २४ टिमको सहभागिता थियो भने महिलातर्फ १२ टिमको सहभागिता थियो ।










-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)
