रियल र एमबाप्पे फेरि उपाधिविहीन हुने सम्भावना
-1776311430548.webp&w=3840&q=75)
काठमाडौं। रियल मड्रिडलाई यस सिजनको समस्याग्रस्त यात्रामा च्याम्पियन्स लिग उपाधि बचाउने अन्तिम ठूलो अवसर थियो।
तर, बायर्न म्युनिखले पुरानो प्रतिद्वन्द्वी रियलविरुद्ध खेल पल्टाउँदै बुधबार ४–३ को जित निकालेर च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनायो।
योसँगै १५ पटकको युरोपियन च्याम्पियन टोली अब लगातार दोस्रो वर्ष पनि उपाधिविहीन हुने स्थितिमा पुगेको छ। रियल सबै प्रतियोगितामा पछिल्ला चार खेलमा जित निकाल्न सकेको छैन।
-1776311573644.webp)
गत सप्ताहन्त ला लिगामा रियलले घरेलु मैदानमा गिरोनासँग १–१ को बराबरी खेलेको थियो। योसँगै बार्सिलोनालाई ९ अंकको अग्रता बनाउन मौका दियो। यसअघि जनवरीमा दोस्रो डिभिजन टोली अल्बासेते बालोम्पिएसँग हार बेहोर्दै रियल स्पेनिस कपबाट बाहिरिएको थियो।
यसको नतिजाले प्रशिक्षक जाबी आलोन्सोलाई बर्खास्त गर्नेसम्मको अवस्था सिर्जना गरेको थियो। यदि बाँकी सात चरणमा बार्सिलोनाले आफ्नो बलियो अग्रता गुमाएन भने २०२४ मा क्लबमा आबद्ध भएपछि किलियन एमबाप्पेको ठूलो उपाधि जित्ने सपना अझै लम्बिनेछ।
एमबाप्पे २०२४ मा पेरिस सेन्ट–जर्मेन (पीएसजी) बाट पहिलोपल्ट च्याम्पियन लिग जित्ने लक्ष्यसहित मड्रिड आएका थिए। तर, उनले छाडेसँगै पीएसजी पहिलोपल्ट च्याम्पियन्स लिग जित्न सफल भएको थियो।
-1776311589023.webp)
टोली अहिले पुनः सेमिफाइनलमा पुगेको छ। यस महिनाको अन्त्यतिर र मेमा पीएसजीले बायर्नसँग खेल्नेछ। रियलले पहिलो लेगमा २–१ ले गुमाएको थियो।
यसपल्ट भने लुइस डियाज र माइकल ओलिसेले खेलको अन्तिम समयमा गोल गर्दै जर्मनीकै शक्तिशाली टोलीलाई जित दिलाए। यसअघि दुवै टोलीबीचका पछिल्ला चार (दुई लेगको) भिडन्तमा स्पेनिस क्लब रियलले नै बाजी मारेको थियो।
क्वार्टरफाइनलको दोस्रो लेगको खेल विवादमा टुंगियो। रियलका खेलाडीहरू रेफ्री स्लाभ्को भिन्चिचको निर्णयप्रति आक्रोशित देखिए। उनले ८६औं मिनेटमा सब्स्टिच्युट एडुआर्डो कामाभिङ्गालाई दोस्रो पहेँलो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका थिए।
-1776311608854.webp)
भिन्चिचले फाउलको सिटी बजाएपछि बायर्नका फरवार्ड ह्यारी केन कामाभिङ्गासँग सामान्य सम्पर्कमै लडेका थिए। घाइतेजस्तै देखिने गरी आफ्नो खुट्टा समातेका थिए। त्यसपछि भिन्चिचले कामाभिङ्गालाई दोस्रो पहेँलो कार्ड देखाए। तर, उनले पहिल्यै पहेँलो कार्ड दिएको कुरा बिर्सिए।
बायर्नका खेलाडीहरू जमाल मुसियाला, जोशुआ किम्मिख र अलेक्सान्दार पावलोभिचले सम्झाएपछि मात्र उनले कामाभिङ्गालाई मैदानबाट बाहिर पठाए।
त्यसको तीन मिनेटपछि डियाजले दायाँ पोस्टभित्र सट प्रहार गर्दै गोल गरे र इन्जुरी समयमा ओलिसेले सानदार गोल गर्दै खेलको अन्तिम निर्णय गरे। यससँगै बायर्नले समग्रमा ६–४ को जित हात पार्यो।
-1776311636339.webp)
खेलपछि रियलका खेलाडीहरूले रेफ्री भिन्चिचलाई घेरेका थिए। रियलका लागि दुई सानदार गोल गर्दै ‘रेमोन्टाडा’ (कमब्याक) को आशा जगाएका अर्दा ग्युलरले पनि विरोध जनाएपछि रातो कार्ड पाएका थिए।
रियलका प्रशिक्षक आल्भारो आर्बेलोआले भने,‘रातो कार्डपछि सबै कुरा समाप्त भयो। यस्तो निर्णय अविश्वसनीय हो। यस्तो अवस्थामा खेलाडीलाई बाहिर पठाउन मिल्दैन।’
अब बायर्न म्युनिखले सेमिफाइनलमा साविक विजेता पीएसजीसँग खेल्नेछ। साथै बुधबार नै आर्सनलले स्पोर्टिङ लिस्बनलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ। अब उसले क्याटलान क्लब बार्सिलोनालाई पराजित गरेको एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ।





-1776306061009.webp&w=3840&q=75)




-1776255486335.jpeg&w=3840&q=75)
-1776247934011.jpg&w=3840&q=75)