सोमबार, ११ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

सोमबार, ११ फाल्गुण २०८२खेलपाटी संवाददाता
साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले घुँडा चोटका कारण पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको बताउँदै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।

न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स फुटबल क्लबबाट खेल्दा उनले चोट बोकेकी थिइन्। पछिल्लो सात हप्तादेखि मैदान बाहिर रहेकी उनले आफ्नो घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर समस्या देखिएको जानकारी दिएकी छन्। चिकित्सकले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन्।

यसअघि साम्बाले यही चोटको उपचारमा कतारमा गराएकी थिइन्। त्यतिखेर अखिल नेपाल फुटबल संघ (एन्फा)बाट पूर्ण व्यवस्थापन र सहयोग प्राप्त भएको थियो। तर, यसपटक भने वाचा अनुसार सहयोग नपाएको गुनासो गरेकी छन्।

‘क्लबको पहलमा चोट लागेको तीन सातापछि शल्यक्रियाको मिति तय गरिएको छ। त्यतिखेर एन्फाले आफ्नो तर्फबाट पहल गर्ने बताएको थियो। यद्यपि, प्रक्रिया अघि नबढ्दा उपचारमा ढिलाइ भएको छ,’ उनले भनेकी छन्।

अघिल्लो साता एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै पाँच लाख रुपैयाँसम्म नगद सहयोग गर्ने प्रस्ताव राखेको उनले जिकिर गरेकी छन्। अन्य प्रक्रिया आफैं मिलाउनुपर्ने बताएको साम्बाको भनाइ छ। यसका कारण करिब दुई महिना ढिलाइ भएको र पुनः शल्यक्रियाको मिति मिलाउनुपर्ने अवस्था आएको उनले उल्लेख गरेकी छन्।

अस्पेटारमै उपचार गराउने इच्छा

हाल उनी आबद्ध क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउन तयार रहेको जनाएको छ। तर चोट गम्भीर रहेको र यसअघि कतारस्थित अस्पेटारमा उच्चस्तरीय उपचार पाएको अनुभवका आधारमा पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा उनको छ।

क्लबले बीमाबाट प्राप्त रकम निकासा गरिदिने भए पनि शल्यक्रिया र ७–८ महिनाको रिह्याबका लागि आवश्यक सम्पूर्ण खर्च नपुग्ने भएकाले आम समर्थकसमक्ष सहयोगको अपिल गरिएको उनको भनाइ छ। प्रारम्भिक अनुमान अनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर आवश्यक पर्ने बताइएको छ।

‘म विदेशमा रहेकाले सरकारसमक्ष पनि प्रतिनिधित्व गर्दै सहयोगको प्रयास भएको छ। तर, प्रक्रिया अपेक्षा अनुसार अघि बढेको छैन। शल्यक्रिया नगरी बस्ने विकल्प नभएकाले समयमै उपचार आवश्यक रहेको छ,’ उनले भनेकी छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसमाथि जावलाखेलको सहज जित

पुलिसमाथि जावलाखेलको सहज जित

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 ‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

साम्बा भन्छिन्– एन्फाले ५ लाख दिन्छु, अन्य रकम आफैं मिलाउनु भन्यो

पुलिसमाथि जावलाखेलको सहज जित

पुलिसमाथि जावलाखेलको सहज जित

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

पहिलो इनिङ्समा १८५ रनमै समेटियो एपीएफ

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा

 दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल

एलिस्टरले आफ्नै वरिपरि घुमाएको खेल