दक्षिण अफ्रिकासँगै हार्यो भारत

काठमाडौं। दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा भारतलाई ७६ रनले पराजित गरेको छ।
१८८ रनको लक्ष्य पछ्याएको भारत १८.५ ओभरमा १११ रनमै अलआउट भयो।
भारतको सुरुआत अत्यन्त खराब रह्यो। ईशान किशन शून्यमै आउट भए। अभिषेक शर्मा १५ रन, तिलक वर्मा १ रन र कप्तान सूर्यकुमार यादव १८ रनमा समेटिए। वाशिङ्टन सुन्दरले ११ रन बनाए।
मध्यक्रममा शिवम दुबेले ३७ बलमा ४२ रन बनाउँदै केही संघर्ष गरे पनि टोलीलाई जिततर्फ लैजान सकेनन्। हार्दिक पाण्ड्याले १८ रन जोडे। रिंकु सिंह, अर्शदीप सिंह र जसप्रित बुमराह शून्यमा आउट भए। यो।
दक्षिण अफ्रिकाका मार्को यान्सेनले ३.५ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। केशव महाराजले ३ विकेट लिए भने कोर्बिन बोशले २ विकेट झारे। लुंगी एनगिडी र एडेन मार्करामले समान १–१ विकेट लिए।
त्यसअघि अहमदाबादमा टस जितेर पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्करामले ४ रन मात्र बनाएर आउट भए भने क्विन्टन डी ककले ६ रन जोडे। रायन रिकेल्टन ७ रनमा समेटिए। त्यसपछि डेवाल्ड ब्रेविसले २९ बलमा ४५ रनको आक्रामक इनिङ्स खेले।
टिमका लागि सबैभन्दा प्रभावशाली प्रदर्शन डेभिड मिलरले गरे। उनले ३५ बलमा ७ चौका र ३ छक्कासहित ६३ रन बनाए। ट्रिस्टन स्टब्स २४ बलमा ४४ रन बनाउँदै अविजित रहे। अन्त्यतिर मार्को यान्सेनले २ रन र कोर्बिन बोशले ५ रन जोडे।
भारतका जसप्रित बुमराहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १५ रन खर्चेर ३ विकेट लिए। अर्शदीप सिंहले २ विकेट लिए भने वरुण चक्रवर्ती र शिवम दुबेले समान १–१ विकेट लिए।










-1771778618806.webp&w=3840&q=75)


