रियललाई उछिन्दै बार्सिलोना शीर्षस्थानमा
आइतबार, १० फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। रियल मड्रिडलाई उछिन्दै बार्सिलोना ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।
आइतबार सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेमाथि ३–० को सहज जित निकालेको हो। जितसँगै बार्सिलोनाले २५ खेलबाट ६१ अंक पुर्याएको छ। समान खेलबाट रियलको ६० अंक छ।
लेभान्टे भने १८ अंकसहित १९औं स्थानमा छ। घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाले पहिलो हाफमै अग्रता लिएको थियो।
खेलको चौथो मिनेटमै मार्क बर्नालले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ३२औं मिनेटमा फ्रेन्की डी योङले अर्को गोल थप्दै स्कोर २–० बनाए।
पहिलो हाफमा दुई गोलले पछि परेको लेभान्टेले दोस्रो हाफमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन।
८१औं मिनेटमा फर्मिन लोपेजले तेस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरे।





-1771778618806.webp&w=3840&q=75)






