मनाङले एनआरटीलाई रोक्यो
आइतबार, १० फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। राष्ट्रिय लिगमा मनाङ मर्स्याङ्दी क्लबले एनआरटी फुटबल क्लबलाई बराबरीमा रोकेको छ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा एनआरटी र मनाङ मर्स्याङ्दीले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। यो बराबरीसँगै एनआरटीले लिगमा ७ खेल खेल्दै १४ अंक जोडेको छ। समान खेलबाट मनाङ मर्स्याङ्दीको ८ अंक छ।
खेलको १२औं मिनेटमा एनआरटीका आशिष गुरुङले दिएको पासमा विज्ञान खड्काले गरेको प्रहार गोल पोष्टको बायाँतिरबाट बाहिरियो। त्यस्तै, ३७ औं मिनेटमा ओमोलाजा करिमले प्रहार गरेको फ्रिकीकले लक्ष्य भेट्न सकेन।
४९ औं मिनेटमा विज्ञानले पेनाल्टी भित्रबाट गरेको प्रहारलाई मनाङका गोलकिपर विशाल केसीले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे।
दुवै टोलीले दुवै हाफमा राम्रो अवसर निर्माण गरे पनि गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो।






-1771778618806.webp&w=3840&q=75)





