बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

बुधबार, २१ माघ २०८२खेलपाटी संवाददाता
 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली
mustang rice ad

टी–२० विश्वकप २०२६ विशेष

फुटबलले चिनिने इटली अहिले क्रिकेटको विश्व रंगमञ्चमा आफूलाई प्रमाणित गर्ने दुर्लभ अवसरको संघारमा उभिएको छ। बाहिरबाट हेर्दा यो अप्रत्याशित लाग्न सक्छ।

तर, इटलीको क्रिकेट कथा अचानक बनेको होइन। यो लामो समयदेखि सुसुप्त अवस्थामा रहेको यात्राको परिणाम हो। इटाली र क्रिकेटको सम्बन्ध सुन्दा अलि अनौठो लाग्न सक्छ। तर, दुवैको इतिहास भने धेरै पुरानो छ।

१८औं शताब्दीको अन्त्यतिर नेपल्समा एडमिरल नेल्सनका क्रू सदस्यहरूले क्रिकेट खेलहरूको आयोजना गरेका थिए। त्यस्तै, एसी मिलानजस्ता ठूला फुटबल क्लबले पनि क्रिकेट खेल्ने गरेका थिए। हुन त त्यतिबेला यसको नाम मिलान फुटबल एन्ड क्रिकेट क्लब थियो।

412849

यस क्लबले क्रिकेट प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। इटली अहिले भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने तयारीमा छ। सीमित स्रोत र छोटो अन्तर्राष्ट्रिय इतिहास भएको टोलीका लागि यो उपलब्धि आफैंमा ठूलो हो। अझ महत्त्वपूर्ण कुरा यो उनीहरूको क्रिकेट पहिचान निर्माण गर्ने निर्णायक क्षण पनि हो।

इटालीको विश्वकप खेल्ने यात्राको सन् २०२३ मा सुरुआत भएको हो। उक्त वर्ष इटालियन क्रिकेट फेडेरेसनले परम्परागत घरेलु संरचनामै सीमित नरही विश्वव्यापी जाने योजना बनायो।

अस्ट्रेलिया र इङ्ल्यान्डमा व्यावसायिक क्रिकेट खेलिरहेका खेलाडीलाई बोलायो। त्यसबाट इटलीको प्रतिनिधित्व गर्न योग्य खेलाडीहरूलाई समेटेर टिम निर्माण गरियो। त्यसले इटालीको स्तर दुई वर्षमै उकासिदियो।

त्यो टोलीमा जो बर्न्स, वेन म्याड्सन, र बेन तथा ह्यारी मानेन्टी दाजुभाइलगायत थिए। सोही टोलीले युरोपेली छनोट पार गरेर इटालीलाई पहिलोपल्ट विश्वकपमा पुर्‍याएको हो।

412847

अनुभवले बलियो बनेको ‘ड्रेसिङ रूम’

मैदान बाहिर पनि इटली कमजोर छैन। क्यानडाका जोन डेभिसन र आयरल्यान्डका केभिन ओ’ब्रायनजस्ता प्रशिक्षक यो टोलीमा छन्।

यी दुईले टोलीलाई विश्वकपको दबाब र सम्भावना दुवै बुझाएका छन्। यी नाम स्वयं विश्वकपमा ऐतिहासिक क्षणका साक्षी हुन्। त्यही अनुभव इटलीका लागि अमूल्य बनेको छ।

इटालीले कम्तीमा दुई जित हासिल गर्ने अपेक्षा गर्नेछ। आईसीसीले सार्वजनिक गरेको तालिकाले यो टोलीलाई सुरुआतमै उत्कृष्ट प्रदर्शन देखाउने अवसर दिएको छ। इटालीले पहिलो दुई खेल एसोसिएट टोली स्कटल्यान्ड र नेपालविरुद्ध खेल्नेछ। यी खेललाई इटालीले ‘मोमेन्टम’ बनाउन प्रयोग गर्नछ।

627979748_1361830409306669_5139501749163448571_n

इटालीका लागि स्कटल्यान्ड नौलो प्रतिस्पर्धी होइन। युरोपेली छनोटमा इटालीले यही विपक्षीलाई ६ विकेटले पराजित गर्दै विश्वकपमा टिकट पक्का गरेको हो।

त्यसभन्दा अगाडि इटालीले ग्वेर्नसेलाई ७ विकेट पराजित गरेको थियो। जर्सीसँग भने खेल्न नपाएको इटाली रन रेटमा उसैलाई पछि पार्दै विश्वकपमा छनोट हुन सफल भएको थियो। स्कटल्यान्ड भने बंगलादेशले नाम फिर्ता लिएपछि विश्वकपमा जोडिएको टोली हो।

इटालीले विश्वकप अगाडिका खेलमा पनि आफूलाई प्रमाणित गरिरहेको छ। टोलीले आयरल्यान्डसँगको सिरिजमा ४ विकेटको जित हात पारेको थियो। वार्मअप खेलमा पनि क्यान्डालाई १० रनले पाखा लगायो। अब यो टोलीले दोस्रो वार्मअप खेल युएईसँग खेल्नेछ।

युएईको भने विश्वकप अगाडि मनोबल खस्किएको छ। यो टोलीले पहिलो वार्मअप खेलमा इटालीकै समूह ‘सी’मा रहेको नेपालसँग ७ विकेटको हार बेहोरेको थियो।

412851

इटाली र नेपालको भेट यो फर्म्याटमा पहिलो हुनेछ। यसअघि नेपालले इटालीसँग सन् २००५ र २०१० मा खेलको थियो। सन् २००५ मा आईसीसी विश्वकप क्वालिफायर शृंखलाअन्तर्गत पहिलोपल्टको त्यो भेटमा नेपालले ८८ रनको जित निकालेको थियो।

त्यसको पाँच वर्षपछि डिभिजन ‘फोर’ मा प्रतिस्पर्धामा पनि नेपाल पाँच विकेटले नै विजयी रह्यो। तर, ती ५० ओभरका खेल थिए। त्यसयता यी दुई टोली खेलेका छैनन्।

यी दुई टोलीसँग खेलेपछि इटालीले इङ्ल्यान्ड र वेस्ट इन्डिजविरुद्ध खेल्नेछ। यसलाई इटालीले आफ्नो छनोट संयोग मात्र होइन भनेर प्रमाणित गर्नेछ। तयारीका क्रममा मैदानबाहिर उठेका केही विषयले भने इटालीको विश्वकप यात्रालाई खल्लो बनाएको छ।

पूर्वकप्तान बर्न्सलाई टोली बाहिर राखिनुले विवाद सिर्जना गरेको थियो। तर, यो विश्व मञ्चमा इटालीका लागि सबैभन्दा ठूलो अवसर हो। यसलाई यो टोली गुमाउन चाहँदैनन्।

403561

दक्षिण अफ्रिकामा हुर्किएका जेजे स्मट्सको आगमनले ब्याटिङमा थप आक्रामकता दिएको छ। ठूलो प्रतियोगिताको अनुभव भएका उनीजस्ता खेलाडीले निर्णायक क्षणमा फरक पार्न सक्छन्।

त्यसैगरी, अस्ट्रेलियामा व्यावसायिक क्रिकेट खेलेर आएका मनेन्टी दाजुभाइ बेन र ह्यारी टोलीका बहुआयामी हतियार हुन्। बेनको अफ स्पिन र उपयोगी ब्याटिङ तथा ह्यारीको सीम बलिङ अलराउन्ड क्षमताले इटलीलाई सन्तुलित बनाएको छ।

अन्य लेख

फरक दिशातर्फ अघि बढेको नेपाल

ब्याटिङमा बलियो भारत

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया





LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

ब्याटिङमा बलियो भारत

ब्याटिङमा बलियो भारत

Bajaj Pulsar Motorcycle Ad
 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

ब्याटिङमा बलियो भारत

ब्याटिङमा बलियो भारत

मनाङ र संकटाको बराबरी

मनाङ र संकटाको बराबरी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी