५ खेलमा जितविहीन नेपालको फिफा वरियतामा ७ स्थान सुधार

काठमाडौं। पछिल्ला ५ खेलमा नतिजा दिन नसकेको नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा वरियतामा ७ स्थान सुधार गरेको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले आइतबार राति आफ्नो अफिसियल वेभसाइडमा सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७५औं स्थानमा पुगेको हो।
आधिकारिक वरियता भने १ अप्रिलमा सार्वजनिक गरिने फिफाले जनाएको छ। नेपाल यसअघि १८२औं स्थानमा थियो।
नेपालले पछिल्ला ५ खेलमा ३ हार र २ बराबरी खेलेको छ। ६ सेप्टेम्बर २०२५ मा बंगलादेशसँग घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो।
९ र १४ अक्टोबर २०२५ मा भएको एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्धको दुई खेलमा क्रमश : ३–१ र १–० को हार बेहोरेको थियो।
यस्तै, १३ नोभेम्बर २०२५ मा बंगलादेशसँग भएको अर्को मैत्रीपूर्ण खेलमा २–२ को बराबरी खेलेको थियो। १८ नोभेम्बर २०२५ मा एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँगको खेलमा भने नेपाल १–० ले पराजित भएको थियो।










-1774194974029.jpeg&w=3840&q=75)
