आइतबार, ०८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

बसीरको शतकमा आर्मीको जित

आइतबार, ०८ चैत्र २०८२खेलपाटी संवाददाता
बसीरको शतकमा आर्मीको जित
Loading ad...
mustang rice ad

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २२ रनले जित दर्ता गरेको छ।

४७ ओभरको खेलमा आर्मीले बसिर अहमदको शतकीय इनिङ्समा ८ विकेट गुमाएर २४३ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पुलिस क्लब ४५।३ ओभरमा २२१ रनमै समेटियो।

२२४ रनको लक्ष्य पछ्याएको पुलिसको सुरुआत खराब रह्यो। पहिलो बलमै विकेट गुमाएको टोलीका लागि राशिद खानले ६० रन बनाउँदै केही संघर्ष गरे। शंकर राणाले ४६ रन जोड्दा आरिफ शेखले ३८ रन बनाए।

तर, आर्मीका बलरहरूले नियमित अन्तरालमा विकेट झार्दै खेल आफ्नो नियन्त्रणमा राखे। नरेन साउदले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए भने आकाश चन्दले २ विकेट हात पारे। शाहब आलम, बसिर अहमद, कुशल मल्ल र पवन कार्कीले समान १–१ विकेट लिए।

मध्यक्रममा विकेट गुमाउँदै गएको पुलिस अन्ततः लक्ष्यभन्दा २२ रन टाढा रहँदै अलआउट भयो।

त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीका लागि बसिर अहमदले ८६ बलमा ८ चौका र २ छक्कासहित शानदार १०० रन बनाए। भीम शर्कीले ६२ रनको महत्वपूर्ण योगदान दिँदा दुवैबीचको साझेदारीले टोलीलाई मजबुत स्थितिमा पुर्‍याएको थियो। नरेन साउद २१ रनमा अविजित रहे।

पुलिसका लागि सर्वन यादवले ३ विकेट लिए भने सागर ढकाल र राशिद खानले समान २–२ विकेट झारे। ललित राजवंशीले १ विकेट लिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

वर्षाले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

दीपेन्द्रसिंहले इयू टी–२० लिग बेल्जियम खेल्ने

दीपेन्द्रसिंहले इयू टी–२० लिग बेल्जियम खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बसीरको शतकमा आर्मीको जित

बसीरको शतकमा आर्मीको जित

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

राखेपले ५ चैतमै एन्फालाई दशरथ रंगशाला दिएको खुलासा

राखेपले ५ चैतमै एन्फालाई दशरथ रंगशाला दिएको खुलासा

हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन

हङकङसँग खेल्न राखेपले एन्फालाई मैदान दिएन

नेम्वाङमाथि कर छलीको आरोप

नेम्वाङमाथि कर छलीको आरोप

घाइते भए एकिटिके

घाइते भए एकिटिके

१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

१८ वर्षीय मिडफिल्डर फर्नान्डेजको गोल

१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न

१४ वर्षमा १३औं बुन्डेसलिगा उपाधितर्फ बायर्न