• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
डीपीएल ३ : कस्ताे रहला राष्ट्रिय टिमका खेलाडीको प्रर्दशन ?
विश्वास थापा
आइतबार, माघ २७, २०७५ विश्वास थापा
डीपीएल ३ : कस्ताे रहला राष्ट्रिय टिमका खेलाडीको प्रर्दशन ?

काठमाडौं । धनगडी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करण भोली (सोमबार) सुरु हुदैछ । बर्षाका कारण दुई दिन पछाडी सरेको प्रतियोगितामा ६ टिमले आफुलाई अब्बल सावित गर्न कोशिश गर्नेछन् ।

राष्ट्रिय टिमका स्टार अनुहारले घरेलु क्रिकेटको रोमाञ्चकता र सोन्दर्यतालाई अझ बढी रंग भर्ने गरेका छन् । नेपालको पहिलो फ्रेन्चाई प्रतियोगिता डीपीएलको तेस्रो संस्करणमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी पारस खड्का र सन्दिप लामिछाने देखिने छैनन् ।

पारसले पारिवारिक कारण देखाउँदै डीपीएलबाट नाम झिकेका हुन् । सन्दिप भने बिगबास खेल्न अष्ट्रेलियामा छन् ।

राष्ट्रिय टिमका खेलाडी डीपीएलको फ्रेन्चाईज टिमका रणनीतिक खेलाडी बनेका छन् । बाँकी खेलाडी भने महङ्गो रकममा टोलीमा अनुबन्धन भएका छन् ।
राष्ट्रिय क्रिकेट टिमका खेलाडीले डीपीएलमा कस्तो प्रर्दशन गर्लान, सबैको चासोको बिषय बनेको छ ।

सोमपाल कामी :

सोमपाल कामी नेपाल क्रिकेट टिमका भरपर्दा अलराउण्डर हुन् । उनी धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा धनगढी स्टार्सका रणनीतिक खेलाडी रहेका छन् । दुबै संस्करण उनको कप्तानीमा धनगढिलेनै जितेको थियो । दुई संस्करणमा उनले १३ खेलबाट १ सय ७९ रन बनाएका थिए । साथै १७ विकेट लगेका छन् । कामीले गत साता सकिएको युएई भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिज जित्न महत्वपुर्ण भुमिका खेलेका थिए ।

पवन सर्राफ :

गत महिना सकिएको ईपीएलमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्दै ललितपुर प्याट्रियट्सलाई बिजेता बनाउन ठुलो भूमिका खेलेका पवनले यसै महिना युएई भ्रमणमा राष्ट्रिय टोलीमा स्थान बनाउँदै डेब्यु गरे । उनले युएई सिरिजमा औसत खेल देखाए ।

उनी डीपीएलमा धनगढी स्टार्सका लागि खेल्नेछन् । राष्ट्रिय यु १९ टोलीमा राम्रो प्रदर्शन गरेका उनले डीपीएलमा १२ खेलमा ८४ रन बनाउँदै ६ विकेट मात्र लिन सफल छन् । उनलाई धनगढी स्टार्सले दुई लाख ५० हजारमा किनेको हो ।

दिपेन्द्र सिंह ऐरी :

दिपेन्द्र सिंह ऐरी नेपालका एक भरपर्दा ब्याट्सम्यान हुन् । डीपीएलमा उनी सिवाईसी अत्तरियाका रणनीतिक खेलाडी हुन । उनले १३ खेलमा १ सय ५९ रन तथा १० विकेट लिन सफल छन् । घरेलु प्रतियोगितामा एक्लै खेल जिताउन उनी माहिर मानिन्छन् ।

सन्दीप जोरा :

सन्दिपले युएई भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै टी ट्वान्टी सिरिज जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । डेब्यु खेलमा अर्धशतक बनाउने कान्छो खेलाडीको कीर्तिमान उनले बनाएका थिए । युएई सिरिजमा सबैको आखाँमा परेका उनीले १७ बर्षको उमेर विश्व कीर्तिमान बनाउन सफल भए ।

डीपीएलमा सिवाईसी अत्तरियाले उनलाई दुई लाख ३० हजार मुल्यमा किनेको थियो । घरेलु तथा राष्ट्रिय यु १९ टोलीमा राम्रो प्रदर्शन गरेका उनले डीपीएलमा १२ खेलमा ७२ रन बनाउदै १ विकेट मात्र लिएका छन् । गत महिना सकिएको ईपीएलमा राम्रो प्रदर्शन गर्न सफल उनको टोली ललितपुर प्याट्रियट्सले उपाधि जितेको थियो ।

शरद भेषवाकर :

घरेलु प्रतियोगितामा निकै सफल कप्तान मानिने शरद महेन्द्रनगर युनाईटेडका रणनीतिक खेलाडी हुन् । उनको कप्तानीमा विराटनगर ईपीएलमा लगातर फाईनल पुगेको थियो ।

पहिलो संस्करणको पोखरा प्रिमियर लिग समेत उनको टोलीले जितेको थियो । डीपीएलमा महेन्द्रनगर युनाईटेडका कप्तान रहेका उनले ७ खेलमा १ सय ४७ रन बनाएका थिए । साथै उनको नाममा ६ विकेट रहेको छ ।

रोहित पौडेल :

युएई भ्रमणमा सचिन तेन्दुलकर र साहिद अफ्रिदिको रेकर्ड तोड्न सफल रोहित डीपीएलमा महेन्द्रनगर युनाईटेडबाट खेल्नेछन् । १७ बर्षे रोहित घरेलु प्रतियोगितामा आक्रमक ब्याटिङ गर्ने स्वभावले परिचित छन् ।

डीपीएलमा उनले १३ खेलमा ९८ रन बनाएका छन् । एक विकेट लिन समेत सफल छन् । केही महिना अगाडी सकिएको पोखरा प्रिमियर लिगको उपाधि जिताउन उनले ठुलो योगदान गरेका थिए । महेन्द्रनगरले उनलाई दुई लाख ३० हजार मुल्यमा किनेको हो ।

अभिनास बोहरा :

हालसालै सकिएको युएई भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्दै टी ट्वान्टी सिरिज जिताउन महत्वपुर्ण भुमिका खेलेका अभिनासले ३ खेलमा ६ विकेट लिदै म्यान अफ द सिरिज घोषित भएका थिए ।

डीपीएलमा महेन्द्रनगर युनाईटेडका खेलाडी रहेका उनी ११ खेलमा ३० रन तथा ६ विकेट लिन सफल थिए । केहि समय अघि सकिएको ईपीएलमा पेस बलिङ गरेका अभिनास दोश्रो कम इकोनोमि बलर हुँदै राष्ट्रिय टिमको ढोका खोलेका थिए ।

करण केसी :

करण केसी नेपाली क्रिकेटका एक अर्को भरपर्दा अलराउण्डर हुन् । ईपीएलमा बिराटनगर वारियर्सबाट खेलेका उनले सुरुवाती दुई खेल जिताउन महत्वपुर्ण भुमिका खेलेका थिए । डीपीएलका दुई संस्करणमा उनले १३ खेलमा ८० रन तथा १ विकेट लिएका थिए ।

डिभिजन २ मा हातबाट गईसकेको खेलमा नेपाललाई फर्काउन र एकदिवसीय मान्यता दिलाउन उनले खेलेको निर्णायक ईनिङसलाई नेपाली क्रिकेटले सधै सम्झिरहनेछ । पहिलो संस्करणको पीपीएलमा उनी वेस्ट बलर घोषित भएका थिए ।

बिनोद भन्डारी :

सबैभन्दा महँगो खेलाडीको रुपमा बिनोद भन्डारीलाई रुपन्देही च्यालेन्जर्सले दुई लाख ५० हजारमा किनेको हो । डीपीएलमा उनले १३ खेलमा १ सय २१ रन प्रहार गर्न सफल छन् । युएई भ्रमणमा खासै जम्न नसकेका उनी महँगो खेलाडी भएका कारण बिनोदमाथि सबैको नजर छ ।

ज्ञानेन्द्र मल्ल :

राष्ट्रिय टोलीका उप कप्तान मल्ल काठमाडौ गोल्डेन्सका रणनीतिक खेलाडी हुन् । उनको कप्तानीमा ललितपुर प्याट्रियट्सले गत महिना सकिएको ईपीएलको उपाधि हात पारेको थियो ।

राष्ट्रिय टोलीबाट ओपनिङबाट खेल्ने उनी घरेलु क्रिकेटमा मध्यक्रममा ब्याटिङ गर्न आउछन् । उनले डीपीएलका १३ खेलमा तीन सय ९ रन बनाउन सफल छन् ।

ललित नारायण राजवंशी :

राष्ट्रिय टोलीका नियमित सदस्य ललित काठमाडौ गोल्डेन्सका धारिला हतियार हुन् । उनले ज्ञानेन्द्र मल्ल कप्तानीमा ललितपुर प्याट्रियट्सबाट गत महिना सकिएको ईपीएलमा उपाधि हात पर्न ठुलो भुमिका खेलेका थिए ।

बायाँ हाते स्पिनर उनी राष्ट्रिय टोलीका सदस्य बसन्त रेग्मीको स्थानमा खेल्ने गर्छन् । हालसम्म डीपीएलमा उनले १६ खेलमा ७ रन बनाउँदै १६ विकेट लिएका छन् । सबैभन्दा उच्च रकम खर्चेर गोल्डेन्सले उनलाई दुई लाख ५० हजारमा किनेको हो ।

प्रदिप ऐरी :

प्रदिपलाई दुई लाख चालिस हजारमा रुपन्देही च्यालेन्जर्सले खेलाडी लिलामीमा हात पार्न सफल भयो । युएई भ्रमणमा खासै राम्रो प्रदर्शन नसकेका उनले डीपीएलका दुई संस्करणमा ११ खेलबाट दुई सय चालिस रन बनाएका छन् । साथै उनी ३ विकेट लिन सफल छन् । राष्ट्रिय टोलीका उनी बैकल्पिक विकेटकिपर हुन् ।

भिम सार्की :

भिमलाई दुई लाख पचास हजारमा रुपन्देही च्यालेन्जर्सले टोलीमा भित्राउन सफल भयो । युएई भ्रमणमा उनले डेब्यु गर्ने मौका भने पाएनन् । हालसम्म उनले डीपीएलमा ६ खेलमा मात्र दस रन बनाउन सकेका छन् । पीपीएलको पहिलो संस्करणमा भने उनले बुटवल ब्लास्टर्सबाट निकै उत्कृष्ट ब्याटिङ गरेका थिए ।

बसन्त रेग्मी :

टी ट्वान्टीमा नेपालका लागि सर्बाधिक विकेट लिने खेलाडी बसन्त रुपन्देही च्यालेन्जर्सका रणनीतिक खेलाडी हुन् । हालसम्म उनले डीपीएलमा ११ खेलबाट ८२ रन लिएका छन । उनको नाममा १० विकेट समेत छ । पछिल्लो समय लयमा देखिन संघर्षरत उनी घरेलु क्रिकेटका अनुभवी बलर हुन् ।

मोहमद आरिफ शेख :

आरिफलाई सर्वाधिक दुई लाख पचास हजारमा महेन्द्रनगर युनाईटेडले टोलीमा भित्राएको थियो । युनाईटेडका लागि उनि निकै भरपर्दा अलराउण्डर हुन् । हालसम्म उनले डीपीएलमा १५ खेलबाट दुई सय ७० रन तथा ११ विकेट लिन सफल छन् ।

हालसालै सकिएको युएई भ्रमणमा तीन खेल खेल्दै उनले औसत प्रदर्शन गरेका थिए । यु १९ राष्ट्रिय टोलीबाट आएका उनी सिनियर टिमका सम्भावना बोकेका खेलाडी हुन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP