खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा
बिहिबार, १७ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौँ। विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले खिल्जी युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो।
पहिलो सेट २५–१८, दोस्रो सेट २५–१७ र २५–१५ ले आफ्नो पक्षमा पार्न सफल भयो।
यस जितसँगै आर्मीले सेमिफाइनलमा शुक्रबार रुकुम पश्चिमसँग शुक्रबार खेल्नेछ।







-1773230362276.jpg&w=3840&q=75)




-1776398812762.webp&w=3840&q=75)


