क्वार्टरफाइनमा एपीएफ र मणिमुकुन्दलाई कुर्दै आर्मी
सोमबार, १४ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। लगातार दोस्रो जित निकाल्दै त्रिभुवन आर्मी क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न समूह ‘डी’को खेलमा कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।
जितसँगै आर्मीले ६ अंक पुर्यायो। पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
कीर्तिपुरको भने यो पहिलो खेल हो। पहिलो सेट २५–१९ ले जितेको आर्मीले त्यसपछिका दुई सेट २५–२१ ले आफ्नो बनायो।
आर्मीले अब समूह ‘ए’को एपीएफ र मणिमुकुन्द भलिबल क्लबबीचको विजेतासँग खेल्नेछ।












