आर्मीको लगातार दोस्रो जित
आइतबार, १३ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सहज जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
जितसँगै महिलातर्फ समूह ‘ए’ मा आर्मीले लागतार दोस्रो जित दर्ता गरेको छ। आर्मीले यसअघि एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो। यता, चुलीले लगातार दोस्रो हार ब्यहोरेको छ। यसअघि चुली पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो।
आर्मीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१२ तथा तेस्रो सेट २५–९ ले जित्यो।







-1773230362276.jpg&w=3840&q=75)

-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)



-1776398812762.webp&w=3840&q=75)