साफ महिला फुटसल : नेपालको पहिलो खेल श्रीलंकासँग
शुक्रबार, ११ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। साफ महिला फुटसल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ।
नेपालले पहिलोपल्ट महिला फुटसलमा सहभागिता जनाउन लागेको हो। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकामा नेपाल र श्रीलंकाबीच पहिलो खेल १३ जनावरीमा हुनेछ।
नेपालले दोस्रो खेल १५ जनावरीमा माल्दिभ्ससँग खेल्नेछ।
१७ जनावरीमा भारत, १९ जनावरीमा बंगलादेश र २५ जनावरीमा भुटानसँग खेल्नेछ। नेपालले यसअघि नै थाइल्यान्डको बैंककमा हुने प्रतियोगिताका लागि टोली घोषणा गरिसकेको छ।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)

_1727591754-1766731628489.jpg&w=3840&q=75)




