एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप २०२६ को टिकट बिक्री सुरु गरेको छ।
जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा विश्वकप आयोजना हुँदैछ।
एन्फाले उक्त प्रतियोगिता हेर्न संघमा आवद्ध प्रत्येक सदस्य संघ, संस्था तथा क्लबलाई एक–एक थान टिकट बिक्री गर्न लागेको हो।
एन्फाका अनुसार समूह चरणदेखि क्वार्टरफाइनल चरणसम्मका खेलका टिकट बिक्री गरिनेछ। संघमा आवद्ध ४९ जिल्ला फुटबल संघ, सातवटै प्रदेश फुटबल संघ, शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबहरू, खेलाडी संघ, रेफ्री संघ, प्रशिक्षक संघ, महिला फुटबल संघ तथा राष्ट्रिय लिगका लागि छनोट भएका क्लबहरूले ११ पुसभित्र एन्फा सचिवालयमा सिफारिस पत्र बुझाउनुपर्नेछ।
टिकट छनोट गर्दा म्याच नम्बर २ तथा ५ (समूह चरण) देखि १०० (क्वार्टरफाइनल) सम्मका खेलमध्ये पहिलो रोजाइ र वैकल्पिक रोजाइ गरी दुई विकल्प दिनुपर्ने एन्फाले जनाएको छ। सिटिङ क्याटेगोरी १, २ र ३ मध्ये छनोट गर्न सकिनेछ। टिकटको मूल्य अमेरिकी डलर ५०० (७१ हजार ६०३ रुपैयाँ) देखि १२६५ (एक लाख ८१ हजार १५६ रुपैयाँ) सम्म तोकिएको छ।
विश्वकप हेर्दा लाग्ने भिसा प्रक्रिया, हवाई टिकट, खाना–बस्न, म्याच टिकट तथा अन्य सबै खर्च स्वयंले नै व्यहोर्नुपर्नेछ भने भिसा प्रक्रियाका लागि आवश्यक सिफारिस एन्फाले उपलब्ध गराउने जनाएको छ। टिकट दरको रकम एन्फा सचिवालयले जानकारी गराएपछि तोकिएको समयभित्र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको खातामा भुक्तानी गर्नुपर्नेछ।
नेपाली रुपैयाँ सोमबारको विनिमयदर अनुसार






-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)

-1766367982945.webp&w=3840&q=75)
