तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता
आइतबार, २१ मंसिर २०८२खेलपाटी संवाददाता

तनहुँ। तालबेसी सेकेन्डरी स्कुलले एनपीएस यू-१६ अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
बेलचौतरास्थित नेपाल पुलिस स्कुलको मैदानमा आइतबार सम्पन्न खेलमा तालबेसीले ज्ञान बगैचा सेकेन्डरी स्कुललाई १-० ले पराजित गरेको हो। तालबेसीको जितमा खेलको आठौं मिनेटमा कृष्ण थापाले फ्रिकिकमार्फत गरेको गोल नै निर्णायक बन्यो।
उपाधिसँगै तालबेसीले ५० हजार रुपैयाँ प्राप्त गर्यो। ज्ञान बगैचाले भने २५ हजार रुपैयाँमा चित्त बुझायो। खेलको म्यान अफ द म्याच तालबेसीका हृतिक गुरुङ भए। प्रतियोगिताका उदीयमान खेलाडी आयोजक नेपाल पुलिस स्कुलका सुजल पराजुली घोषित भए।
उत्कृष्ट गोलकिपर तालबेसी रोशन गुरुङ र सर्वाधिक गोलकर्ता पुलिसका रामबहादुर छेत्री रहे। उत्कृष्ट खेलाडी तालबेसीका कृष्ण थापा घोषित भए।











-1765118145135.jpg&w=3840&q=75)


