आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

काठमाडौं। आईआईएमएस कलेज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि काठमान्डु गोर्खाजको अफिसियल एजुकेशन पार्टनर बनेको छ। आईआईएमएस कलेज र काठमान्डु गोर्खाजबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।
सम्झौतामा आईआईएमएस कलेजका मुख्य कार्यकारी अधिकृत सबिन्द्र महर्जन र काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले हस्ताक्षर गरेका थिए। यस साझेदारीअनुसार आईआईएमएस कलेज र काठमान्डु गोर्खाजले युवा सशक्तिकरण, खेलकुद–शिक्षा समन्वय, र प्रतिभा विकासका उद्देश्यमा आधारित विभिन्न गतिविधि सञ्चालन गर्नेछन्।
सम्झौता समारोहमा बोल्दै महर्जनले भने, ‘आईआईएमएस कलेजले सदैव युवा प्रतिभा, नेतृत्व क्षमता र करियर विकासलाई प्राथमिकता दिएको छ। काठमान्डु गोर्खाजसँगको साझेदारीले शिक्षा र खेललाई जोड्ने महत्वपूर्ण कदम हुनेछ।’
कार्यकारी निर्देशक सिरोहियाले भने, ‘एनपीएल र फ्रेन्चाइज क्रिकेटको सफलताका लागि प्रायोजकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। आईआईएमएस कलेजजस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यले हाम्रो टोलीको मनोबल थप उच्च हुने छ।’
काठमान्डु गोर्खाजले यसअघि मुख्य प्रायोजक वल्र्ड लिंक, गोल्ड पार्टनर शिखर इन्स्योरेन्स, ड्रिंक पार्टनर एक्सट्रिम इनर्जी ड्रिंक, र अफिसियल हस्पिटालिटी पार्टनर टुलिप होटलसँग साझेदारी गरिसकेको छ।








-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)




