आइतबार, कार्तिक १७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

आइतबार, कार्तिक १७, २०८२खेलपाटी संवाददाता
सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?
Classic Tech Internet Ad

काठमाडौं । खेलकुदमन्त्री बब्लु गुप्ताले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बोलाएका छन्। मुख्य अजेन्डा छ, दशौं राष्ट्रिय खेलकुद ।

राजनीतिक दाउपेचका कारण गत वर्ष हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद आयोजना भएन । नयाँ मन्त्री आउनेबित्तिकै दशौं राष्ट्रिय खेलकुदलाई पहिलो प्राथमिकतामा राखेको देखिन्छ ।

करिब ५ महिनाको समय लिएर खेलकुद मन्त्रालयमा आएका नयाँ खेलकुद मन्त्रीले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न सक्लान् त ?

खेलकुद बुझेका धेरैले भन्छन्, असम्भव ।

तर, जेन जी आन्दोलबाट उदाएका मन्त्रीको गति भने बेग्लै छ । ‘दुई दिनमा राज्य सत्ता ढाल्न सक्नेले एक सय दिनमा दशौं राष्ट्रिय खेलकुद किन गर्न नसक्ने ?’ खेलकुदमन्त्रीको सचिवालय यसै भन्छ ।

दशौं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेशमा पूर्वाधार निर्माणको नेतृत्व गरेका कर्णाली प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव विश्वमित्र सञ्जेलसमेत सरकारले चाहेको खण्डमा दशौं राष्ट्रिय खेलकुद एक समय दिनमा सम्भव रहेको बताउँछन् ।

यसका लागि उनले पाँच सुझाव दिएका छन् ।

१. सातै प्रदेश सरकार र प्रदेश खेलकुद परिषद्लाई विश्वासमा लिनपर्यो । तयारीको छलफल गर्न पर्यो । आयोजक प्रदेशको समस्या हल गरेर अघि बढ्न पर्यो ।

२. खेल संघसँग तयारी र संवाद गर्न पर्यो । खेल संघहरुभित्र द्धन्द र विवाद छ । प्रतियोगिताको खेलहरु त खेल संघले सञ्चालन गर्ने हो । खेल संघभित्रको समस्या हल गर्न पर्यो ।

३. प्रशासनिक आइपर्ने कानुनी बाधा अड्चन फुकाउन पर्यो । सार्वजनीक खरिद ऐनसँग बाँझिने कुरा सरकारले हल गर्ने प्रतिबद्धता चाहियो । बाधा अड्चन मन्त्रीपरिषद्बाट निर्णय गराएर समाधान गर्न सकिन्छ ।

४. समस्या भनेको खरिदको प्रकृयाले लिने समय हो । सरकारले हल गर्दिन पर्यो । सरकार साथमा छ भनेर प्रधानमन्त्री र अर्थमन्त्रीले काम गरेपछि खास समस्या रहदैन ।

५. प्रतियोगिता आयोजनामा समस्यालाई बल्झाएर हैन, हल गर्ने विधिबाट अघि बढ्न पर्यो । दशौंको बजेट चौमासिक तालिकामा छ भनेर समस्या खडा गरिएको छ । यस्ता विषयलाई समझदारीका आधारमा समाधान गर्न पर्यो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

नयाँ संयोजन, नयाँ अवसर

नयाँ संयोजन, नयाँ अवसर

नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल

नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल

Bajaj Pulsar Motorcycle Ad
सालाहको ऐतिहासिक २५० औं गोल

सालाहको ऐतिहासिक २५० औं गोल

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

किन राष्ट्रिय लिग भन्दैछ एन्फा ?

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

चम्किए एमबाप्पे, रियलको फराकिलो अग्रता

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

रिचर्डको ह्याट्रिकसँगै सलहेश सेमिफाइनलमा

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो