श्रेयस आइसीयुमा भर्ना
सोमबार, कार्तिक ११, २०८२खेलपाटी संवाददाता

काठमाडौं। अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्ने क्रममा चोट बोकेका भारतीय उपकप्तान श्रेयस अय्यर गम्भीर घाइते भएका छन्।
रक्तस्राव भएपछि उनलाई सिड्नीस्थित एक अस्पतालको आइसीयुमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यम पीटीआईले जनाएको छ।
शनिबार भएको खेलमा अलेक्स केरीको क्याच लिन खोज्दा अय्यरलाई बायाँ कोखामा चोट लागेको थियो। त्यसपछि उनी तुरुन्तै मैदान छोडेर ड्रेसिङरुम फर्किएका थिए। त्यहाँ उनको अवस्था बिग्रिएपछि तत्काल अस्पताल लगिएको थियो।
उनी पछिल्ला दुई दिनदेखि आइसीयुमा रहेका छन्। संक्रमण रोक्नका लागि २ देखि ७ दिनसम्म निगरानीमा राखिने बताइएको छ।








-1761469666142.jpg&w=3840&q=75)





