नेपाललाई २६३ रनको लक्ष्य
आइतबार, कार्तिक १०, २०८२खेलपाटी संवाददाता
-1761469666142.jpg&w=3840&q=75)
काठमाडौं। समित पटेल र मिलिन्द कुमारको विशाल साझेदारीसँगै अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई २६३ रनको लक्ष्य लिएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको हो।
अमेरिकाका समितले सर्वाधिक ७५ रन बनाए। उनले १०० बल ९ चौका प्रहार गरे। तेस्रो विकेटका लागि मिलिन्दसँग उनले ९५ रनको साझेदारी गरेपछि अमेरिकाले खेलमा पुनरागमन गरेको थियो।
मिलन्दले भने अविजित रहँदै ७० रन बनाए। उनले ५० बलभमा ६ चौका र २ छक्का प्रहार गरे। उनीबाहेक सैतेजा मुक्कामल्लले ४२ र शुभम रञ्जनेले १९ रन बनाए।
नेपालका सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ५६ रन खर्चिए। सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको नाममा समान १ विकेट रह्यो।









copy-1761474438174.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)
