आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नयाँ यात्रा, पुरानो चुनौती

शनिबार, कार्तिक ९, २०८२खेलपाटी संवाददाता
नयाँ यात्रा, पुरानो चुनौती
Classic Tech Internet Ad

काठमाडौं। चार महिनापछि नेपाल एकदिवसीय क्रिकेटमा फर्किँदै छ। दुबई अन्तर्राष्ट्रिय मैदानबाट पुन: सुरु हुन लागेको विश्वकप लिग–२ मा यसपल्ट प्रतिस्पर्धी छन्, अमेरिका र घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)। लक्ष्य भने नेपाली टोलीको उही पुनरागमन रहने छ।

टी–२० विश्वकप एसिया छनोट जितेर आगामी वर्ष भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको नेपाल अहिले नयाँ परीक्षाको मैदानमा उभिएको छ। छोटो फर्म्याटमा चम्किएको टोलीलाई अब लामो फर्म्याटमा निरन्तरता देखाउनुपर्ने चुनौती थपिएको छ।

विश्वकप लिग–२ तीन वर्षको यात्रा हो। तर, नेपालले जारी प्रतियोगितामा अझै स्थायित्व पाउन सकेको छैन। १६ खेल सकिँदा ५ जित मात्रै हात पारेको नेपाल सातौं स्थानमा छ। त्यसैले यो प्रतियोगितामा अवसर बाँकी रहे पनि नेपाललाई अब गल्ती गर्ने ठाउँ भने रहने छैन।

अमेरिका भने २० खेलमा २८ अंकका साथ उच्च मनोबलमा छ। लगभग आधा खेल खेलिसक्दा अमेरिकाले १४ जितसहित २८ अंक जोडिसकेको छ। यो टोली लगातार ६ खेलमा अपराजित छ।

तर, पछिल्ला खेलमा अमेरिकाले नेपाली चुनौतीलाई दबाउँदै आएको छ। गत वर्ष भएका दुवै खेलमा अमेरिकाले नेपालाई तीन विकेट र ३७ रनले पराजित गरेको थियो। हालसम्म भएका ९ मध्ये ४ खेल नेपालले जित्दा एक खेल ‘टाई’ भएको छ। दुबईमा यसपल्ट भेटिँदा नेपालले पुरानो समीकरण उल्ट्याउने लक्ष्य राख्नेछ।

यस्तै, यूएई भने ६ अंकसहित तालिकाको पुछारमा छ। पछिल्लोपल्ट स्कटल्यान्डलाई ९७ रनले पराजित गरेको यस टोलीले पछिल्ला दुई खेलमा नेदरल्यान्ड्ससँग पाँच र स्कटल्यान्डसँग आठ विकेटको हार बेहोरेको थियो। त्यसैले यूएई पनि नेपालजस्तो पुनरागमन गर्ने लक्ष्यका साथ मैदान उत्रिने पक्का छ।

तर, यस टोलीले पछिल्लो समय नेपालविरुद्ध ३१ महिनादेखि कुनै जित हात पार्न सकेको छैन। अन्तिमपल्ट २ मार्च २०२३ मा घरेलु मैदानमा भएको शृंखलामा यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो।

त्यसयता भएका पाँच खेलमा नेपाल अपराजित छ। ओमानमै भएको विश्वकप छनोटमा समेत एक रनले पराजित गरेको कारण नेपाल केही माथि देखिन्छ।

यूएई र ओमानमा महिनौं लामो तयारीपछि नेपाली टोलीमा आत्मविश्वास बढेको देख्न सकिन्छ। विश्वकप छनोटमा अपराजित रहँदै उपाधि जितेको उर्जालाई आधार बनाएर टिमले यूएईको भूमिमा बलिङ र फिल्डिङमा निरन्तर सुधार गरेको छ।

सन्दीप लामिछानेको जादु, दीपेन्द्रसिंह ऐरीको सर्वगुण सम्पन्न प्रदर्शन र गुल्सन झाले निर्णायक क्षणमा दिने योगदानले टोलीलाई बलियो बनाएको छ।

ओपनर कुशल भुर्तेलले आक्रामक सुरुआत दिने जिम्मा सम्हालेका छन्। कप्तान रोहित पौडेलबाट स्थायित्वको अपेक्षा बढेको छ भने कुशल मल्लले लय फिर्ता ल्याउनुपर्ने आवश्यकता छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

भारतको सानदार जित, कोहली बने एकदिवसीय क्रिकेटका दोस्रो सर्वाधिक रनकर्ता

भारतको सानदार जित, कोहली बने एकदिवसीय क्रिकेटका दोस्रो सर्वाधिक रनकर्ता

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

नेपालले महिला दृष्टिविहीन टी–२० क्रिकेट विश्वकप खेल्ने

Bajaj Pulsar Motorcycle Ad
पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

अझै रोकिएन लिभरपुलको खराब लय

अझै रोकिएन लिभरपुलको खराब लय

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

न्युक्यासलको अन्तिम मिनेटमा जित

न्युक्यासलको अन्तिम मिनेटमा जित

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

पहिलो खेलमै मणिसम्मिलित पारो पराजित

पहिलो खेलमै मणिसम्मिलित पारो पराजित

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार