कान्छिमायाको कीर्तिमान तोड्दै सन्तोषीलाई कांस्य
शनिबार, ०८ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली धाविका सन्तोती श्रेष्ठले कान्छिमाया कोजुको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा कांस्य जितेकी छन्।
भारतको झारखण्डमा महिला ५००० मिटर दौडमा उनले उक्त उपलब्धि हासिल गरेका हुन्। उनले निर्धारित दूरी १६ मिनेट ३६:६२ सेकेन्डमा पूरा गर्दै कान्छिमायाको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी हुन्।
कान्छिमायाले सन् २०१० मा चीनको ग्यान्झाउमा भएको एसियन गेम्समा निर्धारित दूरी १६ मिनेट ४९:९८ सेकेन्डमा पूरा गरेकी थिइन्।
यस्तै, नेपालका मुकेश पालले पुरुष ५००० मिटर दौडमा कांस्य पदक जिते। उनले निर्धारित दूरी १५ मिनेट २५.५४ सेकेण्डमा दूरी पूरा गरे।










-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)

-1765441425596.webp&w=3840&q=75)
