शनिबार, ०७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एलिसन ब्राजिली टिमबाट बाहिर

शनिबार, ०७ चैत्र २०८२खेलपाटी संवाददाता
एलिसन ब्राजिली टिमबाट बाहिर
Loading ad...
mustang rice ad

काठमाडौं । इङ्लिस क्लब लिभरपुलका मुख्य गोलकिपर एलिसन बेकर चोटका कारण ब्राजिल राष्ट्रिय टोलीबाट बाहिरिएका छन् र शनिबार हुने प्रिमियर लिग अन्तर्गत ब्राइटनविरुद्धको खेल पनि गुमाउने भएका छन्।

३३ वर्षीय एलिसन लिभरपुल टोलीसँगै ब्राइटनको मैदान एमेक्स स्टेडियममा हुने खेलका लागि यात्रा गरेका छैनन्। उनको स्थानमा जर्जियाली गोलकिपर जियोर्जी मामार्दाश्भिलीले पहिलो रोजाइका गोलकिपरका रूपमा खेल्ने अपेक्षा गरिएको छ।

लिभरपुलले एलिसनको चोटको प्रकृति सार्वजनिक गरेको छैन भने टोलीका मुख्य प्रशिक्षक आर्ने स्लटले पनि खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनको फिटनेसबारे कुनै चिन्ता व्यक्त गरेका थिएनन्।

यसैबीच ब्राजिल राष्ट्रिय टोलीका प्रशिक्षक कार्लो एन्सेलोट्टीले एलिसनको स्थानमा गोलकिपर ह्युगो सोउजालाई टोलीमा समावेश गरेका छन्। ब्राजिलले अमेरिका भ्रमणका क्रममा फ्रान्स र क्रोएसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ।

एलिसन यसअघि मार्च १० मा यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गालाटासरायविरुद्धको अन्तिम–१६ को पहिलो लेग पनि सामान्य चोटका कारण गुमाएका थिए।

तर उनले आइतबार टोटेनहमविरुद्धको बराबरी खेल र बुधबार गालाटासरायविरुद्ध ४–० को जितमा पुनः टोलीमा फर्किएका थिए। यसअघि अक्टोबर र नोभेम्बरमा ह्यामस्ट्रिङ चोटका कारण उनले लिभरपुलका आठ खेल गुमाएका थिए।

यस सिजन मामार्दाश्भिलीले लिभरपुलका लागि सबै प्रतियोगितामा १२ खेल खेलिसकेका छन्। हाल लिभरपुल प्रिमियर लिग तालिकाको पाँचौं स्थानमा छ र अर्को सिजन च्याम्पियन्स लिगका लागि स्थान सुरक्षित गर्ने लक्ष्यमा छ भने ब्राइटन १२औँ स्थानमा रहेको छ।

Loading ad...
LiNing Ad
#alison#brazilteam

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एलिसन ब्राजिली टिमबाट बाहिर

एलिसन ब्राजिली टिमबाट बाहिर

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

पीएम कपको विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

थ्रीस्टारको विवाद टुंगाएर मात्रै लिग सञ्चालन गर्न अदालतको आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगन गर्न आदेश

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

एन्फाका कानुन व्यवसायीविरुद्ध उजुरी दर्ता

दीपेन्द्रसिंहले इयू टी–२० लिग बेल्जियम खेल्ने

दीपेन्द्रसिंहले इयू टी–२० लिग बेल्जियम खेल्ने

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

 स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप

स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप