सर्वाधिक गोलकर्ताको होडमा रहेका अञ्जन बेन्चमा
बिहिबार, असोज २३, २०८२Admin User

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट अहिले कीर्तिमानी गोलसंख्या नजिक छन्।
अञ्जनले १२ अक्टोबर २०२३ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फिफा विश्वकप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा गोल गर्दै नेपाली फुटबलका दुई दिग्गज खेलाडी हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरेका थिए।
हरिले यो कीर्तिमान राखेपछि नीराजनले २००८ मा यसलाई बराबरी गरेका थिए। १५ वर्षपछि त्यो कीर्तिमान अञ्जनले पुनः भेटेका छन्। उत्कृष्ट लयमा रहेका अञ्जनले छिट्टै नै उक्त कीर्तिमान तोड्ने अपेक्षा गरिएको थियो। तर, उक्त कीर्तिमान बराबरी गरेको दुई वर्ष बढी भइसक्दा पनि उनी अझै गोलविहीन छन्।
यस्तो अवस्थामा मुख्य प्रशिक्षक म्याट रसले उनलाई एएफसी एसियन कप छनोट २०२६ अन्तर्गत भियतानामविरुद्धको खेलमा भने बेन्चमा राखेका छन्।