शुक्रबार, कार्तिक १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सलाहको उदयसँगै इजिप्ट फेरि विश्वकपमा

बिहिबार, असोज २३, २०८२Admin User
सलाहको उदयसँगै इजिप्ट फेरि विश्वकपमा
Classic Tech Internet Ad

काठमाडौं। १९३४ र १९९० पछि लामो प्रतिक्षा टुटेको थियो। मोहम्मद सलाहको जब उदाय भयो इजिप्ट फेरि विश्वकपको नक्शामा फर्किएको थियो।

इङ्लिस क्लब लिभरपुलका स्टार फरवार्डले सन् २०१८ मा आफ्नो देशलाई २८ वर्षपछि विश्वकपमा पुर्‍याएका थिए। अब फेरि उनले त्यो गौरव दोहोर्‍याएका छन्। यसपल्ट अझ बलियो र ऐतिहासिक शैलीमा।

बुधबार भएको विश्वकप छनोटको नवौं खेलमा जिबुटीलाई ३–० ले पराजित गर्दै इजिप्टले २०२६ को विश्वकपको टिकट पक्का गरेको हो। मोरक्कोको कासाब्लाङ्कामा भएको उक्त खेलमा सलाहले दुई गोल गरे भने अर्को गोल इब्राहिम आदेलले थपे।

यो जितसँगै सलाहले यस पटकको अफ्रिकी छनोटमा आफ्नो गोल संख्या ९ पुर्‍याएका छन्। योसँगै उनी तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन्। कतारका अल्मोइज अली १२ गोलसहित शीर्ष स्थानमा छन्।

‘ए’ समूहको विजेता बनेर इजिप्टले विश्वकपमा स्थान सुनिश्चित गरेको हो। एक खेल बाँकी रहँदा नै इजिप्टको २३ अंक छ भने दोस्रो स्थानमा रहेको बुर्किना फासो १८ अंकमा सीमित छ। यस अर्थमा इजिप्ट अब अंकतालिकामा अपराजेय बनेको छ।

यो जितले टिकट मात्र सुनिश्चित गरेको छैन, देशभरका इजिप्टियन समर्थकका लागि उत्सवको बहाना पनि बनाएको छ। अब उनीहरूको अन्तिम खेल गिनी–बिसाउविरुद्ध हुनेछ। घरेलु मैदानमा हुने यो खेलसँगै सलाहले विश्वकपमा छनोट भएको खुसी आफ्नै दर्शकसामु बाँड्नेछन्। खेल अक्टोबर १२ मा हुने तय छ।

इजिप्टभन्दा अघि अफ्रिकी क्षेत्रबाट मोरक्को (‘ई’ समूह विजेता) र ट्युनिसिया (‘एच’ समूह विजेता) ले पनि विश्वकपमा स्थान पक्का गरिसकेका छन्। बाँकी समूहमा सेनिगल, बेनिन, केप भर्डे, आइभरी कोस्ट, अल्जेरिया र घाना अन्तिम चरणको प्रतिस्पर्धामा छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

कार्लोको एउटै सपना विश्वकपको उपाधि

कार्लोको एउटै सपना विश्वकपको उपाधि

Bajaj Pulsar Motorcycle Ad
मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

कार्लोको एउटै सपना विश्वकपको उपाधि

कार्लोको एउटै सपना विश्वकपको उपाधि

मणिले भुटानी क्लब पारोबाट खेल्ने

मणिले भुटानी क्लब पारोबाट खेल्ने

नेपाललाई च्याम्पियन बन्ने अवसर

नेपाललाई च्याम्पियन बन्ने अवसर

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

बार्सिलोनामा नै बस्ने भए डी जोङ

बार्सिलोनामा नै बस्ने भए डी जोङ