बिहिबार, असोज ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बार्सिलोनाले अमेरिका र मिलानले अस्ट्रेलियामा खेल्न पाउने बाटो खुल्यो

मंगलबार, असोज २१, २०८२Admin User
बार्सिलोनाले अमेरिका र मिलानले अस्ट्रेलियामा खेल्न पाउने बाटो खुल्यो
Classic Tech Internet Ad

काठमाडौं। युरोपेली फुटबल महासंघ (यूईएफए) बार्सिलोनाको लिग खेल मियामीमा र एसी मिलानको खेल अस्ट्रेलियामा खेल्ने योजनालाई नरोकिने जनाएको छ। सोमबार जारी विज्ञप्तिमा यूईएफएले यी ‘परम्परा तोड्ने’ खेलहरूलाई स्वीकृति दिएको पुष्टि गरेको हो।

घरेलु लिग विदेशी मैदानमा खेलाउने निर्णय भएसँगै युरोपभरका समर्थक समूहहरूले तीव्र विरोध गरिरहेका थिए। अन्य क्लबले पनि यसको विरोध गरिरहँदा यूईएफएको अनुमति स्पेनिस लिग (ला लिगा) र इटालियन लिग (सिरी ए) का योजनाका लागि निर्णायक चरण थियो।

योसँगै ला लिगालाई डिसेम्बर २० मा भिल्लारियल र बार्सिलोनाबीचको खेल अमेरिकाको मियामी गार्डेन्सस्थित हार्ड रक स्टेडियममा आयोजना गर्ने बाटो खुलेको छ। सिरी ‘ए’ ले भने फेब्रुअरीमा एसी मिलान र कोमोबीचको खेल अस्ट्रेलियाको पर्थमा खेलाउने तयारी गरेको छ।

यूईएफएले विश्व फुटबल निकाय फिफामा स्पष्ट नियमको अभावका कारण यी खेल रोक्न नसकेको जनाएको छ। धेरै समर्थकहरूले यी कदमलाई क्लब र उनीहरूको स्थानीय समुदायबीचको ऐतिहासिक सम्बन्ध तोड्ने प्रयासका रूपमा हेरिरहेका छन्।

‘यी खेलहरूलाई अघि बढ्न दिनु दुःखद छ, तर यो निर्णय अपवादका रूपमा गरिएको हो र यसलाई भविष्यका लागि मिसालका रूपमा लिनु हुँदैन,’ यूईएफए अध्यक्ष एलेक्जान्डर सेफेरिनले भने।

यूईएफएले फिफासँग मिलेर भविष्यमा घरेलु प्रतियोगिताको ईमानदारी र क्लब–समर्थक–समुदायबीचको सम्बन्ध जोगाउन स्पष्ट नियम बनाउन योगदान दिने जनाएको छ।

फुटबल स्पोर्ट्स युरोप (एफएसई) नामक समर्थक सञ्जालले भने यी खेलहरू रोक्न निरन्तर प्रयास गर्ने जनाएको छ। ‘यी खेलहरू जबर्जस्ती विदेशमा लगेर आयोजना गर्दा ला लिगा र सिरी ए ले आफ्नै इतिहास र दीर्घकालीन विश्वसनीयता कमजोर बनाउँदै छन्,’ विज्ञप्तिमा भनिएको छ।

स्पेनिस र इटालियन लिगहरू पहिले देखि नै इंग्ल्यान्डको प्रिमियर लिगको विश्वव्यापी लोकप्रियता र आर्थिक शक्तिसँग प्रतिस्पर्धा गर्न ‘विदेशी खेल’ आयोजना गर्ने तयारीमा रहेका थिए।

ला लिगा र यसको अमेरिकी साझेदार रिलिभेन्टका सहसंस्थापक मियामी डल्फिन्सका मालिक स्टेफन रोस हुन्। उनले २०१८ मै बार्सिलोनाको खेल फ्लोरिडामा आयोजना गर्न खोजेका थिए, तर त्यसबेला फिफाको नियमले रोक लगाएको थियो।

तर, १८ महिना अघि फिफाले रिलिभेन्टले म्यानह्याटन अदालतमा दायर गरेको मुद्दाबाट हात झिकेपछि नियम पुनरावलोकन गर्ने निर्णय गरेको थियो। यूईएफएका कानूनी विज्ञहरू पनि त्यस कार्यदलमा सहभागी छन्।

त्यसपछि रिलिभेन्ट यूईएफए र युरोपेली क्लब संघ (ईसीए) का प्रमुख व्यावसायिक साझेदार बनेको छ। उसले अब २०३३ सम्मका लागि च्याम्पियन्स लिगलगायतका प्रतियोगिताका व्यावसायिक अधिकार बेच्ने जिम्मेवारी पाएको छ।

रिलिभेन्टको माध्यमबाट बार्सिलोनाले अहिले आफ्नो पूर्वस्टार लिओनल मेसीको नयाँ गृह मैदान मियामी क्षेत्रमा खेल्ने सम्भावना बलियो बनेको छ। डिसेम्बर २० को खेल औपचारिक रूपमा भिल्लारियलको घरेलु खेल हुनेछ, तर दर्शकको बहुमत बार्सिलोनालाई समर्थन गर्ने निश्चित छ।

मेसी सन् २०२१ मा क्लब छोडेपछि बार्सिलोनाको आर्थिक अवस्था झन् कमजोर भएको छ। दक्षिण फ्लोरिडामा खेल्ने अवसर क्लबका लागि विश्वव्यापी प्रशंसकहरू विस्तार गर्ने माध्यमका रूपमा हेरिएको छ।

अमेरिकी प्रो स्पोर्ट्स लिगहरूमा विदेशी खेलहरू सामान्य भइसकेका छन्। हालै एनएफएलका खेलहरू डब्लिन र लन्डनमा खेलेका थिए। तर, युरोपेली फुटबलमा यस्तो अभ्यास अझै पनि ‘संस्कृति विरोधी’ मानिन्छ। किनभने युरोपेली फुटबल स्थानीय प्रतिद्वन्द्विता र क्लब–समर्थक सम्बन्धमा आधारित छ।

जर्मन बुन्डेसलिगाले चाहिँ खेल विदेशमा लैजाने कुनै योजना नरहेको र त्यस्तो प्रयास भए तीव्र विरोधको सामना गर्नुपर्ने जनाएको छ।

इटालियन पक्षमा मिलान–कोर्तिना द’एम्पेजो हिउँदे ओलम्पिक (फेब्रुअरी ६, २०२६) का कारण सिरी ‘ए’ लाई खेल विदेशमा लैजाने अवसर मिलेको हो। ओलम्पिक उद्घाटन समारोह एसी मिलान र इन्टर मिलानले साझा रूपमा प्रयोग गर्ने सान सिरो रंगशालामा हुने भएकाले फेब्रुअरी ८ मा तोकिएको मिलानको घरेलु खेल कोमोलाई अस्ट्रेलियामा सारिएको हो।

सात पटकको युरोपेली च्याम्पियन एसी मिलान यस सिजन च्याम्पियन्स लिगमा छैन। तर, उसले अस्ट्रेलियामा रहेका इटालियन समुदायबीच विगतमा राम्रो स्वागत पाउने अपेक्षा गरिएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोनामा नै बस्ने भए डी जोङ

बार्सिलोनामा नै बस्ने भए डी जोङ

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

मेसीको नाममा  ‘मेसी कप’ हुने

मेसीको नाममा ‘मेसी कप’ हुने

Bajaj Pulsar Motorcycle Ad
विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

बार्सिलोनामा नै बस्ने भए डी जोङ

बार्सिलोनामा नै बस्ने भए डी जोङ

आश्विनले गरे नेपाली टोलीको प्रशंसा

आश्विनले गरे नेपाली टोलीको प्रशंसा

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

स्वदेश फर्किँदै नेपाली फुटबल टोली

मेसीको नाममा  ‘मेसी कप’ हुने

मेसीको नाममा ‘मेसी कप’ हुने

उपाधिनजिक नेपाल

उपाधिनजिक नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल

तेसोपल्ट विश्वकपमा पुग्यो नेपाल