आश्विनले गरे नेपाली टोलीको प्रशंसा
बिहिबार, असोज ३०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप २०२६ मा स्थान सुनिश्चित गरिसकेको। एसिया तथा ईस्ट एसिया प्यासिफिक क्वालिफायर्स सुपर ६ मा शीर्ष तीनमा स्थान पक्का गरे।
प्रतियोगितामा अहिलेसम्म खेलिएका पाँचमध्ये पाँच खेल जित्दै नेपालले लगातार दोस्रोपल्ट विश्वकपमा प्रवेश गर्न सफल भएको हो। अन्य नतिजाले पनि नेपालले सुपर ६ का दुई खेल बाँकी रहँदा नै आफ्नो स्थान पक्का गरेको हो।
नेपालको सफलताप्रति भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,“आफ्नो सपना पछ्याउँदै जानुहोस्। राम्रो काम, रोहित पौडेल। राम्रो काम, नेपाल।”