उपाधिनजिक नेपाल

काठमाडौं। कुशल भुर्तेलको सानदार ब्याटिङ र गुलशनकुमार झाको उस्तै उत्कृष्ट बलिङसँगै आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको उपाधिनजिक पुगेको छ।
बुधबार सम्पन्न सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भएको हो। योसँगै नेपालले ४ खेलबाट ८ अंक पुर्याएको छ।
नेपालले समूह चरणबाटै २ अंक ल्याएको थियो। सुपर सिक्समा भने यूएईमाथि १ र कतारमाथि ५ रनको जित हात पारेको थियो। ओमानको भने अपराजित यात्रा टुंगिएको छ।
समान खेलमा ६ अंक रहेको ओमान दोस्रो स्थानमा झरेको छ। यद्यपि, यी दुई टोली विश्वकपमा पुगिसकेका छन्। अब ओमानले जापान र नेपालले समोअसँग खेल्नेछ।
नेपालले जितका लागि ओमानलाई १५२ रनको लक्ष्य दिएको थियो। तर, ओमानले ९ विकेट गुमाउँदै ११३ रन बनाएको हो।
ओमानका विनायक सुकलाले सर्वाधिक रन बनाए। बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे। मोहम्मद नादिम ३१ बलमा १ छक्का प्रहार गर्दै २५ रन बनाएर आउट भए।
कप्तान जितेन्द्रसिंह १४ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन। नेपालका गुलशनकुमार झाले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए।
सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए। सन्दीप लामिछानेको नाममा समान १ विकेट रह्यो। त्यसअघि पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो।
नेपालका ओपनर कुशलले सर्वाधिक ६९ रन बनाए। ५१ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर आसिफ शेख २४, गुलसन १८, आदिल अन्सारी १६ रनमा आउट भए।
ओमानका नदिम खानले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिए। सुफयान मेहमोद र जितेनकुमार रामदानीले समान दुई विकेट लिए।